नेपाल कम्युनिस्ट पार्टी चितवनले आइतबार विहान रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कार्वाही गरेको छ । नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कार्यालय परिसरमै कालोमोसो र जुत्ताको माला लगाई कार्वाही गरेका हुन् ।
प्रकाश ढुङ्गानालाई कार्वाही गर्नुका कारणहरु खुलाउँदै उनीहरुले पर्चासमेत छरेका छन् । घटनास्थलमा नेकपाले छरेको पर्चामा कारबाही गर्नुका ६ कारणहरु लेखिएका छन् :–
१) परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको ।
२) घरजग्गा र बाटोको सिफारिस गरे बापत सेवाग्राहीबाट कमिशन लिने गरेको ।
३) नयाँ प्लटिङ्मा बाटो सिफारिस गरेबापत कमिशन लिने गरेको ।
४) घोल र ऐलानी जमिनलाई भू–माफियासँग मिलेर जग्गा दलालको नाममा नामसारी गरेको ।
५) नहर र कुलोको जग्गालाई भू–माफियासँग मिलेर चक्लाबन्दी प्लटिङ् गर्न भूमिका निभाएको, यसबापत कमिशन लिने गरेको ।
६) विदाको दिन सरकारी सवारीसाधन प्रयोग गरी भू–माफियासँग मिलेर सुकुमबासी बस्तीलाई यो जग्गा छोड भनी आतङ्कित पारेको ।
प्रतिक्रिया दिनुहोस