देश बनाउनु पुर्ब आफ्ना कार्यकतालाई सुधार


केही समय यता फेसबुकमा आएका स्ट्याटस र कमेन्ट हेरेको छु । ३ करोड नेपालीहरु भिन्न सोच र बिचारले प्रशिक्षित हुनु, आफ्नो आफ्नो बिचार संप्रेषित गर्नु र अर्को बिचारको बिरोध गर्नु पनि स्वभाबिक हो ।

तर यस्ता केही कमेन्ट र स्ट्याटस छन जसले उनीहरुको आफ्नै हैसियत र धरातल देखाएका छन् । उनीहरुले आफ्नै बिद्वता पोखेका छन् । आफ्नै घर र संस्कार अनुसारका शब्द र भाषा चयन् गरेका छन् ।

राजनैतिक नेतृत्वले कहिले पनि आफ्ना कार्यकर्तालाई राजनैतिक भाषा प्रयोग गर्न सिकाएनन् । बहुदलीय संसदीय ब्यवस्थाको संस्कार बसाल्न सिकाएनन् । मानबीय सभ्यता र सामाजिक भाईचारा सिकाएनन् ।

बिशेष गरी ति ब्यक्तिहरु एउटै राजनैतिक समुहबाट छन् । अन्य समुहबाट भए पनि अत्यन्त कम छन् ।

केही दिन पहिले कान्तिपुरमा प्रकाशित जीबा लामिछानेद्वारा लेखिएको रुवान्डाको नियात्रा संस्मरण पढेको थिएँ । जातीय द्वन्द्वले ग्रसित बिश्वको सबै भन्दा गरिब मध्येको उक्त देशले अहिले किन र कसरी प्रगति हासिल गर्दैछ भनेर लेखिएको उक्त संस्मरण पढ़े पछि मैले नेपालीहरुको यही प्रबृत्तीलाई सम्झेको थिएँ ।

सन १९९४ मा त्यो देशमा भड्केको जातिय युद्दमा एक रातमै १० हजार भन्दा बढी जनता मारिएका थिए । युद्द अवधीभर लाखौंले ज्यान गुमाए । मानिसमा दानवीकरण यति बढेर गयो कि सय दिनभित्र झन्डै १० लाख मानिस मारिए । करिब २० लाख मानिस शरणार्थीका रूपमा छिमेकी देशमा शरण लिन पुगे । ७ लाख अपांग भए ।

तर हाल उक्त देशको ग्राहास्थ उत्पादन ८% भन्दा बढी हुनु, त्यहाँको रास्ट्रिय ध्वजाबाहक बिमान सेवा कम्पनीसँग हाल धेरैवटा बिमान हुनु र ती बिमानले अफ्रिकाको आकाशमा अधिपत्य जमाएको छ भनेर सुन्दा मन ढक्क फुलेर आयो ।

अब त्यहाँ जातीयताको घाउमा खाटो बस्न थालेको छ । उनीहरू यो घाउलाई मल्हमपट्टी लगाएर बसेका छन्, चाँडोभन्दा चाँडो निको पार्न चाहन्छन् ।

लामिछानेको अनुसार त्यसको कारण एउटै रहेछ । उनीहरु पुरानो घाउ बल्झाउन र सम्झिन कदापि चाहान्नन् । उनीहरु पछाडि फर्केर हेर्न सोच्न पनि चाहन्नन् । यही रफ्तारको बिकास र बृद्दी रहने हो भने अबको केही बर्षमा यो देश एक समृद्द देश बन्ने रहेछ ।

अनि नेपाल चाँही कहिले बन्छ ? सुध्र नेता सुध्र ! आफ्ना कार्यकर्तालाइ पनि सुधार।

किनकि देश बनाउने अभियान कर्मीहरु सभ्य भए मात्र यो देश सभ्य अनि सुन्दर दिशामा बिकाश हुनेछ, नत्र अस्थिरताको चरम यातना भित्र देश अल्झी रहनेछ ।

रेगिस्तान एक्सप्रेस मेघराजको फेसबुक वालबाट साभार

३ असार २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको