लमजुङ समाज युएईको तेस्रो अधिबेशन पराजुलीको अध्यक्षतामा सम्पन्न


लमजुङ समाज युएईको तेस्रो अधिवेशन सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युएई शाखा अध्यक्ष ओम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा संस्थाका अध्यक्ष महेश पराजुलीको सभापतित्व रहेको थियो ।

समाजको तेस्रो अधिबेशनबाट पुन अध्यक्षमा महेश पराजुलीको नेतृत्वमा सर्वसम्मतिमा १५ सदसिय नवगठित पदाधिकारीहरु चयन भएका छन् ।

सुशन गुरुङले अतिथिहरुलाई स्वागत गरेका थिए भने बरिस्ठ उपाध्यक्ष हन बहादुर भण्डारीले स्वागत मन्तब्य राख्नु भयको थियो। लमजुङ जिल्लाको पृष्ठभुमी र तेस्रो अदिबेसन बाट सस्थाको नाम परिबर्तन साथै संसोधित बिधानको बारेमा भिम गुरुङले प्रष्ट पार्दै प्रवासमा समाजको आवश्यकतालाई उजागरण गरेका थिए ।

प्रमुख अतिथी ओम बहादुर गुरुङले लमजुङ समाजको प्रशंसा गर्दै एकता र सहकार्यतालाई जोड दिदै युएईमा स्थापित सामाजिक संघसस्थाहरुको भूमिका महत्वपुर्ण रहेको बताए । उनले लमजुङ समाजले गरेका हरेका कार्यहरु सबैका लागि प्रेरणाको स्रोत भएको बताए ।

प्रमुख निर्बाचन समिति संयोजक मुक्ति तमुले सम्पूर्ण लमजुङ समाजलाई सहयोग गरेर अधिबेसन सफल बनाउने निर्बाचन समिति र बिष्णु भण्डारीको संयोजक्तोमा बनेको बिधान समितिलाई धन्यबाद दिया । प्रबाशमा रहेर लमजुङेहरुमा एकता र सहयोगको भावना साथै सबै नेपालीको दुख पिडामा सहयोग गर्ने प्रतिबद्दता गर्नु भयो। अधिबेसनकै दिन केहि रकम संकलन गरि सहयोग गरेको छ

क)चितवन निवासी मिर्गौला पिडित मान बहादुर गुरुङलाई समाजले सहयोगार्थ स्वरुप उठेको रकम युएई दिराहम (१०००)एक हजार सम्बन्धित बेक्तीलाई बुझाएको छ ।
ख)युएई जेलमा रहनु भयको लक्ष्मी थापाको सबै डकुमेन्ट बुझाएको र अब नेपाल जाने टिकेटको बेबस्था स्वरुप समाजले टिकेटमा लाग्ने रकम सम्बन्धित बेक्तीलाई बुझाएको छ।

लमजुङ समाज युएईको तेस्रो अधिबेसनले १५ सदसिय नवनिर्बाचित पदाधिकारीहरु चयन गरेको छ ।

१) महेश पराजुली              ( अध्यक्ष)
२) बिष्णु थापा                  (प्रथम उपाध्यक्ष )
३) बाबुराम सापकोटा        (द्धितिय उपाध्यक्ष)
४) शिव जंग गुरुङ             (महासचिव)
५) मधु पराजुली                (सचिव)
६) अनिता गौली                (कोषाध्यक्ष)
७) शोभा भण्डारी               (सह- कोषाध्यक्ष)
८) सुलजंग तामाङ्ग          (प्रबक्ता)
९) मनोज गुरुङ                  (सदस्य)
१०) सबिना भण्डारी           (सदस्य)
११) उपेन्द्र घिमिरे              (सदस्य)
१२) भुपाल गुरुङ                 (सदस्य)
१३) दिपेश गुरुङ                 (सदस्य)
१४) रेक्स गुरुङ                    (सदस्य)
१५) कर्म घले                        (सदस्य)

 

१ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको