जनमुक्ति सेनाको मार्मिक पत्र ‘हिजो मिलेर लडायौ, आज फुटेर लुटायौ किन ?’


परिवर्तनको निम्ति महान जनयुद्धका योजनाकार क.प्रचण्ड, जनयुद्दका गुरु क. बैध्य, युद्द शास्त्री क. बाबुराम र क्रान्तिका जुझारु नेता क. विप्लव लाई युग परिवर्तनको खांतिर अझै एकताको लागी क्रान्तिकारी रातो अभिवादन ।

जतिबेला परिवर्तनको सपनासहित हामी तपाईंहरु कै नेतृत्व र क्रान्तिको भट्टीबाट उद्देलित प्रशिक्षणमा सहभागी हुँदा पाएको क्रान्तिको स्पातिलो शिक्षा अहिले पनि मन मस्तिष्कमा ताजै बनेर घुमिरहेको छ । संसदीय व्यबस्था भित्रको राजतन्त्रको कुरुर शासन ढाल्न संगै लडेर सफलताको शिखर चुमेकी हौ र आजको गणतन्त्र ल्याउनको लागी तपाईंहरुको नेतृत्वको सफलताले नै हो ।

तर आज तपाईका हामी युद्द बिरहरु भन्दै छौ ‘हिजो मिलेर लडायौ, आज फुटेर लुटायौ’ किन ? कामरेड !

गणतन्त्र आउदाको यो मिति सम्म पनि समाजमा रहेको अत्याचार, भ्रष्टाचार, दलाल र केहि मुठ्ठीभरका पुजीवादीहरुले गरीब माथीको भेदभाव र थिचोमिचो उस्तै चरम रुपमा लादि रहेका छन् । अझ भनौ भने युद्द लड़ाउनेहरु नै सासक बनेर लादि रहेको यिनै युद्दरत आँखाहरुले देख्दा म बोल्नै नसक्ने निरिह बनेको छु, अध्यक्ष कामरेड ।

यतिबेला मनमा धेरै प्रश्नहरुले जुहारी खेल्दै छन् । पढौला, लेखौला र डाक्टर बाबुराम भटराई साहेबको जस्तो पीएचडीको सर्टिफिकेट बोकौला भन्ने हाम्रा रहरहरुलाई राँची पुर्याएर उही संसदीय ब्यबस्था भित्रै किन गुम्रामा पार्नु भयो कामरेड ? हामीले लडेर ल्याउने भनेको ब्यवस्था यहि हो त ? हाम्रो जनबादी ब्यबस्था कहाँ गयो ? प्रचण्ड पथ कहाँ पुगेको छ ? एसियाको रातोतारा भनेर चिन्निने बाबुराम कमरेड आज किन कालोरात भएका छन् ? बैद्य ज्युको क्रान्तिले के भन्दै छ ? विप्लबको एकीकृत क्रान्ति कस्तो मोडेलको हुन्छ ?

यी प्रश्नहरुको उत्तर सम्भवतः कसै संग छैन कामरेडहरु, तर उत्तर खोज्न अनिवार्य बनेको छ, नत्र इतिहासले गद्दार गरेको हुनेछ ।

त्यसकारण देशका लागि नयाँ आधारमा नयाँ एकता अनिवार्य भएको छ । तत्कालीन सर्बोच्च कमाण्डर कमरेड प्रचण्ड, जनयुद्धको गुरु कमरेड किरण, एसियाको रातो तारा कमरेड बाबुराम, युवा तथा जुझारु नेता कमरेड विप्लवहरुले सोच्ने बेला आएको छ ।

गरिबहरु अझ पुजिबादका बिकराल दास बन्दै छन् । देशका लाखौं युवाहरु विदेश पलायन भएका छन् । पुरानो भत्काउने भनिएको ब्यबस्था अझै ज्युदै रहेको सत्य छ र त्यसको अन्त्य गर्न फेरी एकपटक एकतामा बाँधिन जरुरि पनि छ ।

हिजो हामीलाई कलिलो उमेरमा परिवर्तनको सपना देखाउने महान नेतृत्वहरु आज किन एकआपसमा बर्ग दुश्मनको कित्ता बन्दिमा उभिएका छौ ? तपाईहरुले स्कुलिङ गराएको प्रतिक्रान्तिको स्वरूप यहि होइन र कामरेडहरु ?

हेर्नुस त तपाईले लडाएको जनयुद्दको सिपाई बालकृष्ण आज संसदीय व्यबस्थाको जेलमा सड्ने भए । संसदीय व्यवस्थाले आज पनि भयानक षड्यन्त्र गर्दै छ कामरेडहरु । यति मात्र होइन, यो व्यवस्थाले युद्द लडेकाहरुलाई अपराधि बनाउदै छ ! के तपाई अपराधि हो त ?

आदरणीय कमरेडहरु जनबादी सत्तालाई तिलाज्जलि दिएर वर्गसमन्वय गर्दै सुधारवादको नारा भित्र जनताको मुक्ति असम्भव छ । किन कि त्यो सुधारवादको ताला चाँवी बुर्जुवाहरुकै हातमा छ । जसरि यो संसदीय व्यवस्थाले जनताको आँखामा धुलो हालेर आफ्नो लुटको सासन मच्चाएको थियो, त्यहि सासन सत्तामा हामी लिप्त भयौ, यो बिडम्बना हो ।

एकपटक नियाल्नुस त हामीले चाहेको गणतन्त्र बदनामी भैरहेको छ । हामीले चाहेको मुक्ति धरासायी भएको छ । भ्रष्टाचार देशमा अति मौलाएको छ । मानव तस्करले देशका मानवहरुलाई लुटेको छ । यी सारा अस्थिरताहरुको समाधान नयाँ आधारमा नयाँ एकता गर्दै निर्मुल गर्न जरुरि छ, नत्र हामी आफै सिद्दिने निश्चित छ ।

उहीँ टिकाराम वली माओवादी आन्दोलनको सिपाही ।

 

१ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको