कुटो कोदाली गर्दै
पसिना बगाउछन मेरा बा
छोरो सहर पढाउन भनी
पसिना बगाउछन मेरा बा
आखिर बुझ्नै पर्छ
मैले मेरा बाको थकित पसिना
राम्रो गरे स्याबास देलान्
नत्र बर्बराउछन मेरा बा
म सज्जन भए पो
खुसी हुन्छन् मेरा बा
नत्र त्यही समाजको अगाडि
लर्बराउछन मेरा बा
ए छोरो राम्रो बन्नू भनी
‘बा’ले खबरदारी गर्दा
पढ्न इन्कार गर्छु
अनि दुखाउछन मन मेरा बा
आखिर बा को पसिना बुझ्न सके
फुल्ने छ इमानको बगैचा
र फल्ने छ अजम्बरी सुख
अनि हराउने छ भकारीको दुख
पूर्णसिंह बम(अनुराग) कालिकोट
प्रतिक्रिया दिनुहोस