नेपाली चेलीहरुलाई दिल्ली हुदै सिरिया बेच्न दलालहरु सक्रिय -माइती नेपाल अझै मौन


पोष्टपाटी/दामोदर दाहाल, १ पुष २०७४ ।

युएई -दलालहरुले सिमानामा रहेको माइती नेपाललाई चक्मा दिदै नेपालको भैरहवा सुनौली हुदै दिल्ली मार्फत युएईबाट सिरिया, लेबलान र इराक सम्म पुर्याउने गरेका छन।

युएईको सारजाहमा १९ दिन देखि  बन्दक भएकी पुजा रानाले आफ्नो साथीको दिदी मोरंग निबासी मोना राई र उसको श्रीमान कमान सिङ तामांग जसलाई पूजाले आफनै धर्म दाइ बनाएकी थिइन, उनैले  पुजा लगाएत उनकी भान्जी पासाङ डोल्मा तामांगलाइ टर्कीमा ३०० डलर तलब भएको काम लगाईदिने प्रभोलन देखाएर नेपालको भैरहवा सुनौली हुदै बस र रेलको यात्रा मार्फत दिल्लीबाट युएईमा भिजिट भिषामा ल्याएर युएईको सारजाह ल्याई पुर्याएका थिए।

पुजा राना संगै उनकी भान्जी पासाङ डोल्मा तामांग पनि नेपाली रुपया ५०,००० का दरले बुझाएर टर्की गएर धेरै पैसा कमाउने मिठो सपना बुन्दै युएई आइपुगेकी थिइन।

बिशेष गरेर घरेलु कामदार महिलाहरुलाई राम्रो तलबको रोजगारी लगाईदिने लोभ देखाएर नेपाल देखि भारत, श्रीलंका, बंगलादेशको बाटो हुदै सिरिया, लेबलान इराक लगाएत अन्य देशमा ब्रिकी गर्ने गिरोहको ठुलै संजाल फैलिएको छ जसलाई जिम्मेवार निकायका केहि व्यक्तिहरको समेत कहिले काही मिलेमतो रहेको पाइन्छ।

बन्दक भएकी पुजा रानाको माइती बुटवलमा हो भने उनको घर काठमाण्डौमा रहेको पूजाले बताएकी छन। पुजा र पासांग डोल्मा तामांगको दिल्लिको सम्पूर्ण खाने, बस्ने ब्यबस्थापन एउटा इन्डियन एजेन्टले गरेको थियो भने १७ दिन सम्म दिल्लीको होटेलमा उनीहरुलाई राखिएको थियो।

दिल्लीबाट नोभेम्बर २३ मा एयर अरेबियाको जहाजबाट दुबै जनालाई युएईमा मेडिकल गर्नु पर्ने भन्दै २ दिन त्यहाँ बस्नु पर्ने भनेर १ महिनाको भिजिट भिषामा सारजाहमा एरपोर्टमा अवतरण गराइएको थियो। पुजा भन्छिन, सारजाह एर्पोटबाट अरबी भाषा बोल्ने व्यक्तिले हामीलाई गाडीमा राखेर उसको घरमा लिएर गयो भने मलाई त्यहि राखेर संगै आएकी भान्जीलाइ अर्कै घरमा लगियो।

उनको सपना थियो केहि दिन पछी टर्की जाने अनि डलरमा तलब लिएर परिबार संग चाडै सुखका दिन संग बस्ने तर विडम्बना भनौ उनको सपनामा तुसारो लागेको तब थाहा पाइन कि उनले काम गर्न बसेको घरमा अर्को एक जना नेपाली बहिनी कल्पना दर्जी पनि थिइन उनि दुबईमै रहेकी अनिता मार्फत बेचिएर आएकी थिइन, उनै कल्पनाले आफुले भोगेको सम्पूर्ण दुखको बेली बिस्तार लगाइन पूजालाई  अनि सुनाइन कि उनीहरु दुबै जनालाई टर्की नभएर लेबलान लगिदै छ, तब मात्र पुजा छागा बाट खसे जस्तै भईन उनको त्यो सुखका सपना त्यहि चकनाचुर भयो।

त्यी अबोध महिला कल्पनालाइ लेबलान लैजान लागेको मात्र थाहा थियो तर उनीलाई पनि कहाँ पुरा जानकारी थियो र बस्ताबमा उनीहरु सबैलाई सिरिया लगेर बेचिदै थियो त्यो त उनीहरुको टिकेट हेरे पछी मात्र एन आर एन युएईको रेस्क्यु टिमले थाहा पाएको थियो ।

कल्पना दर्जीले आफु त्यहाँ बाट बचेर नेपाल फर्कन हर कोसिस गरिन, उनले पुजा मार्फत सहयोग नमागेकी पनि होइनन तर पुजा पनि यो परदेशमा नौलो अनि बन्द कोठा भित्र कहाँ कसरि उम्कने त्यहाँ बाट अन्यौलमै थिइन, अन्तत संगै रहेकी कल्पना दर्जीलाइ २९ नोभेम्बरका दिन दुबई हुदै सिरिया पठाउन दलालहरु सक्रिय भए, पुजा रुदै भन्छिन कल्पना बहिनिले जाने दिन दिदी मलाइ मार्छन होला तपाई यहाँ बाट निस्कनु भयो भने बचाउनुस है भनेको झलझली सम्झन्छिन।

त्यो बन्द कोठा भित्र भोग्नु परेको पिडा र घरमालिकले गरेका संकास्पद गतिबिधिले पुजामा धेरै डर-त्रास सिर्जना भएको थियो, उनि घर बाट कसरि बाहिर निस्कने होला भन्दै बसेकी थिइन, घरमा २४औ घण्टा साँचो लगाएर बन्दक बनाएर राखिएको थियो भने उनलाई उक्त घरको मालिकको नाम, ठेगाना पनि केहि थाहा थिएन। उनले हर कोसिस गरिन साथमा फोन भएको कारणले नेपाल बाट युएई पठाउने दाजु पर्ने कमान सिङ तामांग देखि लिएर सबैलाई सम्पर्क गर्न कोसिस गरिन, भाग्यले साथ दिएको भनौ वा उनको बेचिने दिन नआएको एक जना चिनजानको राज श्रेष्ठलाइ सम्पर्क गर्दा आबुधाबी स्थित उनको भाइ संग सम्पर्क भएर उनि मार्फत पुजा एन आर एन युएईको टिम संग ६ डिसेम्बरमा सम्पर्क गर्न सफल भईन, जब उनको सम्पर्क एनआरएन टिम संग भयो तब उनलाई  अलिकति आधार पलायो सायद मलाइ उहाहरुले सहयोग गर्नु हुने छ यो बन्दकीबाट मुक्त गर्नु हुने छ भन्ने।

एनआरएनए युएई महिला सयोजक मोति राइ भन्नु हुन्छ, ‘हामीले पुजा बहिनीलाइ त्यहाँ बाट उद्दार गर्न त्यति सहज पनि थिएन र उनलाई त्यहाँबाट सजिलै मुक्त गर्न नसकिए पनि हामि उनि संग निरन्तर सम्पर्कमा रहेका थियौ र त्यो घरबाट मुक्त गर्न नसक्ने भए पनि पुजा संग पासपोर्ट नभएकोले पूजा र हाम्रो सल्लाह अनुसार सिरिया लानको लागि एरपोर्टमा लैजादा उनलाई एरपोर्टबाट उदार गर्न सक्ने सम्भावना रहेकोले त्यहि दिनलाई पर्खेर बस्ने बाहेक हाम्रो अरु कुनै बिकल्प थिएन र हामीले उनलाई एरपोर्ट लान लागे पछी कुनै तरिकाले म्यासेज गर्नु र हामि एरपोर्टबाट उद्दार गर्ने बताएका थियौ’ ।

उनको भाग्य बलियो भन्नु पर्छ, उनि एरपोर्ट पुगेर एकान्तबाट हामीलाई सम्पर्क गरिन र हामीले त्यही बाट उद्दार गरेर आजकै टिकेटमा नेपाल फर्काउन सफल भएका छौ एन आर एन टिमका सदस्य सम्शेरले जानकारी दिएका छन।

यो त उद्दार गर्न सफल  भएको एक जना पात्र हुन् पुजा राना, यहाँ सयौ महिलाहरु यसरि घरेलु हिंसा र किन बेच भएका छन कति त रहरले बिदेशमा आएर यसरि फसेका छन भने कति त आफनो घरको आर्थिक समस्याको कारण बिदेशियका छन र हिंसाको सिकार भएका छन। यहाँ आफनै भन्नेहरु नै यसरि फकाएर, लालच देखायर बेच्ने गर्छन केहि पैसाको लागि, धेरै पुजा रानाहरु बन्दक भएका छन भने धेरै कल्पना दर्जीहरु बाच्ने झिनो आशामा रोहि रहेका छन, बेचिएका ति पासांग डोल्मा तामांग, कल्पना दोर्जीको उद्दार कहिले हुने अनि उनीहरु आफ्नो देशमा गएर कहिले खुशीको आसु झार्न पाउने होलान, ति दलालहरुलाइ कहिले सम्बन्धित निकायले संरक्षण गर्न बन्चित गरेर कानुनको कठघरामा उभ्याउने हो त्यो त हेर्न बाकी नै छ समयले उनीहरुलाइ पनि कुनै दिन कानुनको फन्दामा अबस्य पुर्याउने नै छ।

१ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको