प्रधानमन्त्रीको राजिनामा माग्न प्रचण्ड शेर बहादुर निवास बालुवाटार पुगे


पोष्टपाटी/१ पुस, काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री र प्रचण्डबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको छ ।

प्रधानमन्त्री र प्रचण्डबीचको वार्ता अहिले चलिरहेको छ ।

यसअघि प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डसँगै एमाले अध्यक्ष केपी ओली पनि सहभागी रहेको भन्ने सूचना भूलवश सम्प्रेसित हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छः सम्पादक 

२०७४ पुष १,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको