पुर्कोट घर दक्षिण कोरियाले भाइ टीकाको दिन देउसी भैलो, तथा तिहार बिशेष कार्यक्रम गर्ने !


पोष्टपाटि काठमाडौ :- कोरियामा रहेका नेपालीहरुमाझ लोकप्रिय सस्था पुर्कोट घर दक्षिण कोरियाले यसपालीको तिहार /भाइ टिकाको अवसर पारी देउसी भैलो तथा तिहार बिशेष कार्यक्रम गर्ने भएको छ!

कार्यक्रम 21 October/ कार्तिक 4 गते यानकि भाइ टीकाको दिन पारी गर्ने निर्णय भएको जानकारी सस्थाका अध्यक्ष इश्वोरी घिमिरेले गराउनुभयो|

“नेपालिहरुका हरेकजसो चाडवाड विशेष किसिमले मनाउदै आएका छौँ, नेपाली दाजुभाइ-दिदिबहिनी हरुलाइ आफन्तजन देखि टाढा हुँदाको पिडा भुलाउने प्रयास गरेका हुन्छौं, तर तिहार बिशेष कार्यक्रम पहिलो पटक गर्दै छौ, आशा छ अन्य कार्यक्रममा जस्तै हामिलाइ माया गरेर हामी सङै रमाउनुहुनेछ|” घिमिरेले भने!

२०७४ आश्विन ३०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको