युएईमा गठन भयो उद्दार तथा सहयोग समन्वय युवा दस्ता


पोष्टपाटी/युएई, १६ सेप्टेम्बर 

नेपाली जनप्रगतिशील मोर्चा युएईको मातहतमा उद्दार तथा सहयोग समन्वय युवा दस्ता गठन भएको छ । युएईमा मानव तस्करहरुले विभिन्न प्रलोभन देखाई ठगि गरेका घटनाहरु दिनानुदिन बढी रहेको हुँदा दलालहरुको पहिचान गरि सम्बन्धित निकायलाई कारबाही गर्न दवाब दिने साथै पिडितलाई उद्दार तथा सहयोग गर्ने उदेश्यका साथ् समन्वय युवा दस्ता गठन भएको मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले बताउनु भयो ।

विप्लब पार्टी नेकपा निकट जनप्रगतीशिल मोर्चा युएईका वर्तमान उपाध्यक्ष कमल पोख्रेलको संयोजकत्वमा अजमान क्षेत्रमा १२ सदस्य समन्वय युवा दस्ता यहि सुक्रवार गठन भएको छ ।

युएईमा हुण्डी र मानव दलालीहरुको पहिचान गर्दै समबन्धित निकाय सम्म रिपोर्ट पुर्याउने र कारबाही गर्न दवाब दिने युवा दस्ताका संयोजकले जानकारी दिनु भएको छ ।

युएईमा समस्या परेका पिडितहरुले उद्दार तथा सयोग समन्वय युवा दस्ता संग सम्पर्क गर्न सक्ने समेत पोख्रेलले बताउनु भयो । यसरि नै युएईका वटै क्षेत्रहरुमा समन्वय उद्दार तथा सहयोग समन्वय युवा दस्ता बिस्तार गर्ने समेत बताउनु भयो ।

३१ भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको