थवाङ्ग गाउ पालिका अध्यक्ष बिर बहदुर घर्तीको खोजीका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, अझैँ घर्ती फेला परेका छैनन् ।
स्रोतका अनुसार राज्यको प्रमुख सुरक्षाबल प्रयोग गरेर गृहमन्त्री जनार्दनका साथ् ठुलो सुरक्षाबललाई लिएर प्रचण्ड आज थवाङ पुगेका छन् । थवाङ गाउभरी सुरक्षा फोर्स तैनाथ गरिएको छ । जनयुद्धको संकटकालको झल्को दिने गरि थवाङको आकाश भरि हवाई गस्ती गर्दै थवाङबासिहरुलाई त्रसित बनाइ रहेको छ ।
राजधानीबाट शुक्रबार दिउँसो उच्च प्रहरी अधिकारी सहितको टोली रोल्पा गएको थियो । राप्ती अञ्चल प्रमुख एससपी दिलिपकुमार चौधरी नेतृत्वको एक टोली पनि रोल्पा पठाइएको हो । सदरमुकाम लिवाङ, घर्तीगाउँ लगायत स्थानबाट पनि घर्तीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जनयुद्धको अन्त्य र शान्ति प्रक्रिया शुरू भएपछि रोल्पाको बिशेष गाउँ थबाङ भदौ ३० गतेदेखी नया चर्चामा रहेको छ । थबाङ गाउँपालिकालाई बीचमा पारेर चारैतिरबाट शसस्त्र र जनपद प्रहरीले थवाङ्गलाई पहरा दिदै खानतलासी गर्दै गरेको स्थानीयले बताएका छन।
३० गते बिहान ८ बजे नेकपाका राप्ती ब्युरो इञ्चार्ज केशबहादुर बाठामगर ‘सुभास’सहित दर्जनौं व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार अपरान्ह काठमाडौंबाट हेलिकप्टर मार्फत विशेष सुरक्षा बल थबाङ उतारेपछि थबाङवासीहरु थप त्रसित बनेका छन् । रोल्पा प्रहरीले गापा अध्यक्ष वीरबहादुर घर्तीमगरको खोजीको लागि स्थल हवाइगस्तीलाइ तीव्र पारेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस