गिरिजा बाबु मैले तिम्रो के बिगारेको थिए र मलाई त्यसरी तर्सायौ ?


लेख प्रसाद रोका

मुग्लिन नारायणगढ सडक खण्ड्को पहिरो र जाममा फस्दा वाक्क दिक्क लागेर यसपाली हामी नयाँ रुटबाट रोल्पा जाने निधो गरेउ र रुट तयार भयो। (काठमाडौ बल्खुबाट हेटौंडा, नारायणगढ,बुटवल हुँदै रोल्पा)सोही रुट अनुसार नै हाम्रो यात्रा काठमाडौ बाट रोल्पाको लागि बल्खुबाट अगाडि बढ्यो। यात्रामा ने.क.पा. एमाले सम्सदिय दलका सचेतक एबम पोलिट्ब्युरो सदस्य तथा साम्सद मान्यश्री क. गोकुल घर्ती, सुनौलो अनलाइन मिडिया कर्मी भान्जा डि.बि. बुढाथोकी,लायन्स क्लबमाआबद्ध मित्र नबिन खड्का र म गरि जम्मा चार जना थियौ ।

जब बल्खुबाट अगाडि बढ्यो चोभारको मनोरम दृश्यले मनमोहक हुन नपाउदै एउटा दृश्यले खिन्नता बनायो अनि मलाई औडाहा भयो र मैले भने यो सरकारी होईन र अरु सबैले एकै स्वरमा हो सरकारी नै हो भन्नुभयो। मेरा नयन चोभरको भग्नाबेशस अबस्थामा रहेको एउटा सिमेन्ट फ्याक्ट्रीमा पर्यो र टोलाइरहे। त्यहाँ स्वर्गीय गिरिजाबावु छाया देखे र उनी फ्याक्ट्रीलाई फुटाउदै गरेको भान भयो । मेरो मुटु फुलियो मन छियाछिया भएर आयो आँखा रसाए नेपाल आमालाई किन यति अपमान गरे गिरिजा बाबू भन्ने लाग्यो। नेपाली जनतालाई लात हान्ने काम गरे यस्तै कुरा मनमा खेल्दै थिए ।सिमेन्ट फ्याक्ट्रीलाइ धित मरुन्जेल हेर्न नपाउदै गाडी आफनै रफ्तारमा अगाडि हुइकी हाल्यो।

हरियाली मनोरम दृश्य, टौदहको जलाशय र दक्षिणीकाली आसपासका क्षेत्रमा फलेका लटरम्म नासपातिहरु आहा, कति सुन्दर छ हाम्रो देश स्वर्ग यहीँ छ लगत्तै आउने कुलेखानी ड्याम साइड र मकवानपुर गढी देखेपछि त झन् मन ठाउँमा थिएन अहो कस्तो भाग्यमानी रहेछु।यस्तो सुन्दर देशमा जन्मिएको छु । प्राकृतिक बरदान प्राप्त मेरो देश मन मनै प्रशम्सा गर्छु म र मेरो देशको अनि घमण्ड गर्छु ।

यो मेरो खुसी र घमण्ड क्षण भरमै भताभुङ्ग हुन्छ । मेरा आँखा लामो तानेको बिजुलीको तार र तारमा झुन्डिएको चालबिहिन दब्बाहरुमा टक्क अडियो त्यो रोप व्बे रहेछ। हेटौंडा बाट काठमाडौ सम्म सिमेन्ट र अन्य मेतिरियल ओसार्न प्रयोग गरिन्थ्यो। अहिले त्यो कुनै अपराधीले पिडा सहन नसकेर झुन्डिएको जस्तो देखियो वा झुन्ड्याइको जस्तो लाग्यो।तर त्यहाँ पनि गिरिजा बाबुको छायाले तार काट्दै र हमरले रोप व्बेको दब्बा फुटाउदै गरेको देखे किन यति उग्र गरेका होलान् । कता कता गरिब जनताको नाडिको नसा काटे जस्तो र टाउको फुटाए जस्तो लाग्यो। मैले पनि यसो आफ्नो नाडि हेरे टाउको छामे कता कता डर लाग्यो हामी गइरहेको बाटो पनि गिरिजाबाबुले बाटो पनि भट्काउदै छन् कि बाटो भट्काएका रहेछन् भने कसरी रोल्पा पुग्ने चिन्ता बढी रह्यो । गाडी आफ्नै गति अगाडि बढ्दै गयो । गिरिजा बाबुको छायाले तर्साउदै गयो।

यात्रा अघि बढ्दै गयो भिमफेदिको ओरालो सानो बाटोमा सुमोका ड्राइभर हरुले आफ्नो कौसल देखाउदै सुमोको लुकिङ ग्लास (पछाडी हेर्ने ऐना) मिलाउदै र लुकाउदै सिन्काभरको फरक पार्दै रफ्तार हान्दै थिए ।भने भिमफेदी बजार आफैमा ऐतिहासिक र सुन्दर पोखिएको थियो । अन्तरात्माको डर केही पर पुगेको भान हुन्छ। हरियाली जङ्गलका रमाइला दृश्यमा मन डुलाउदै गर्दा कति छिटो हेटौंडा आइपुगेछ। फेरि झसङ्ग हुन्छु मधुरो गिरिजाबाबुको छाया हेटौंडा सिमेन्ट र घरेलु कपडामा आगो लगाउनु छ भन्दै मसाल बोकेर दौडिरहेको देख्छु।डरैडरले काप्दै युगका महापुरुष जय नेपाल भन्छु यस्ता पुरुष कमै पाउछ देशले जताततै देखा पर्ने। बिन्ती पनि गरे मलाई अब नतर्साउ । गाडी अघि बढ्यो छाया हरायो।

लोथरमा खाजा खानपान पछि रफ्तार अधि बढ्यो।भरतपुरको चुनाबी अपडेट एफ.एमले सुनाउदै थियो ।मौसम पनि सफा थियोे ।हामी आपसमा भरतपुरकै चुनावी नतिजा सम्बन्धि बिचार बिस्लेशन गर्दै थियौ।नारायणी पुलमा आइपुगिएछ हाम्रा आँखा हरु सुन्दर नारायणी नदिको फैलावट र उच्च गतिको बेग नाप्न आतुर भए र धित मरुन्जेल नाप्न नपाउदै नारायणी नदि ओझेलमा पर्यो। केही छिनमै रजहरको सि जी ले बनाएको अत्याधुनिक अहिले सम्मकै उत्कृष्ट मन्दिरमा पर्यो। प्राकृतिक बरदान स्वरुप प्राप्त स्वर्गमा अझै सुन्दरता थपिएको भान भयो। यस्तै कुरा मनमा खेल्दै आपसमा समसामयिक बिषयमा छ्लफल र रमाइला कुरा गर्दै बुटवल आइ पुगिएछ।

बुटवल आइपुग्दा पनि गिरिजा बाबुले तर्साउने काम को ब्रेक लगाउनु भएन।बुटवल धागो कारखानामा हिसाब बाकी छ भन्दै चोक चोकमा भाषण गरेको छाया देखे।बेग्र गतिमा पुरानै सैलिमा गर्जदै हुनुहुन्थ्यो । जता गयो त्यतै गिरिजा बाबू पछि लाग्नु भएको छ हैन किन यति धेरै सताउनु भएको छ।मुस्किल ले तिनाउ खोला पार गर्दै प्राकृतिक सौर्न्दर्यको मस्ती लुट्दै रोल्पा पुगियो।तर मनमा त्रास जिबिदै थिए । काठमाडौ बाट रोल्पा जादै गर्दाको छोटो बाटोमा यति धेरै तर्साउछ्न भने काठमाडौ भित्र र पुरै नेपाल घुम्दा कति तर्साउ छन् होला। स्वर्ग हुनुहुन्छ होला भन्ने सोचेको थिए तर होइन रहेछ तपाईंको आत्मा यतै भड्किएको रहेछ । भयो अब नतर्साउ गिरिजा बाबू शेर बहादुर देउबा पनि तपाईं जस्तै हुनुहुन्छ । राज काज समाल्नमा माहिर हुनुहुन्छ।शान्त सङ्ग बस्नुहोला।सेर बहादुर देउबा ज्यू निवेदन छ कि गिरिजा बाबुको सराद्ध गरेको मिलेन कि किन यसरि तर्साउदै हुनुहुन्छ ।ती भग्नाबशेष हटाइदिनु होला। नत्र उहाँ को आत्माले शान्ती पाउने छैन र तीन करोड जनतालाई उहाँको आत्माले तर्साउने छ ।
सुन्दर देशमा शान्तिसँग बाच्न देउ।

३२ श्रावण २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको