सामाजिक संजालमा धेरैको मन छोएको उपराष्टपति पुत्र दिपेश पुन बाढीपिडित सङ्गको फोटो
पोष्टपाटी समिक्षा
“कसैले सोध्यो भने सप्तरीमा छ भन्दिनु” यो कुनै काल्पनिक चलचित्रको भनाइ होइन।
मधेस र मधेसबासीहरु बाढी डुवानको बिपत्तिमा पर्दा उद्दार गर्न दिनरात खटेका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’का पुत्र दिपेश पुनको भनाइ हो।
उनले बाढीपहिरोले घरबार उजाड बनाएका पिडितको त्रिपालको छाप्रो मुनिबाट यस्तो भनेका हुन्।
केहि समय अघि छिमेकी देश भारतमा एउटा बाहुबली फिल्मले संसारभर हङ्गामा मच्चाएको थियो। राजा र प्रजाहरु बिचको प्रगाढ सम्बन्ध बोकेको बलिउड फिल्म बाहुबलीले दुनियाँको मन जित्यो। हलिउड जगतलाई समेत मनमोहित बनायो।
उक्त फिल्ममा दुईवटा राजकुमारको चरित्र चित्रण गरिएको छ। एउटा असल राजकुमारको चरित्र बोकेको ‘बाहुबली’, आर्को दरिद्रता बोकेको कुरूप राजकुमारको चरित्र भल्लालदेवको कहानी।
बाहुबली राजकुमारले प्रजाहरु बिच सुमधुर समबन्ध बनाएको सुन्दर अनि गर्विलो इतिहास भेटिन्छ। उनले प्रजाहरुको दु:ख र सु:ख संग नजिक रहेर ‘बाँचे प्रजाको लागि, मरेपनि प्रजाको लागि’ भन्ने अभिव्यक्त भएको दृश्यले सबैलाई लोभ्याएको छ। भल्लालदेव राजकुमारले केवल राजगद्दी पाउने कुटनैतिक अहंकार बोकेको मात्र देखिन्छ।
हो एउटा राजकुमार यस्तो हुनुपर्छ, जो जनताको दुखमा आँशु पुछिदिने र खुसिहरु बाँडी दिने।
आज कलियुगमा छौ, यो युग मान्छेले मान्छे खाने युगको उपमा दिएको युग हो। जुन युगका राजकुमारहरु सुरक्षा दलबलको घेरा भित्र संरक्षण गरिन्छ, किनकी कलियुगले नै त्यस्तै सिकाएको छ।
यस्तै सबैखाले प्रतिकुल्ताहरुलाइ अनुकुल्तामा बदल्दै कलियुगका राजकुमार दिपेश पुन प्रत्यक्ष पिडितहरुको उद्दारमा अहोरात्र खटेका छन्। उनको यो उद्दार पिडितहरुलाइ लाइनमा लगाएर दाताहरुले दिएको सहयोगलाइ बाँडे जस्तो पटकै होइन।
उनले जोखिमलाई मोलेर बाढिमा डुबेकाहरुलाइ उद्दार गरेका छन। आफुले खाइ नखाइ पिडितहरु सङ्गै बसेका छन। त्यसैले त आज राजकुमारको उपमा पाएका छन।
मान्छेले मान्छे खाने कलियुगको प्रतिबिम्ब दिइने यो स्वार्थी युगमा दिपेश पुन जस्तो युवा पाउनु धेरैले देशको लागि गर्वको बिषय ठानेका छन।
यसकारण पनि दिपेश कलिउडको रेल बाहुबली हुन। भलै यो देशमा भल्लालदेबहरु पनि छन, कुरो गरि कुरैको दुख त्यस्कारण भल्लालहरुको कुरै नगरौ।
प्रतिक्रिया दिनुहोस