सामाजिक कार्यबाट अत्याधिक चर्चा बटुलेका कलाकार सीताराम कट्टेल धुर्मुस यति बेला तराईका बाढी पिडितको उद्दार तथा राहत वितरणमा व्यस्त छन् । धुर्मुस सुन्तलीलाइ यतिबेला धेरैले जिउदो भगवानको रुपमा सम्मान गर्दै आएका छन् |
तर उनै सबैको हृदयमा मान सम्मान पाएका हास्यकलाकारहरुलाई आत्माराम थपलियाले “धुर्मुस-सुन्तलीको नाटक भन्दै” फेसबुकमा टिप्पणी गर्न भ्याएका छन् |
‘धुर्मुस सुन्तलीलाइ रोमन क्याथोलिक माफियाका पाल्तु हुन्’ भन्दै, ‘माफियासँग पैसा हुन्छ, सहयोग गरेको नाटक गर्छ तेतीनै हो’ भन्दै नाटक गरेको आरोप लगाएका छन्। त्यसैगरि एमालेप्रति पनि गुनासो पोख्दै भनेका छन् “एमालेले नेपाली जनतालाई गर्ने मायाँ पनि तेस्तै हो”!
थपलियाले यस भन्दा अघि पनि जनजातिहरुलाई अति तुच्छ भाषा प्रयोग गरेर गालीगलौज गरेका थिए, उनैले आज फेरी धुर्मुस-सुन्तली प्रति यस्तो फेसबुक स्टाटस राखेका छन् |
हेर्नुहोस उनको भनाइ:-
अनि ति धुर्मुस र सुन्तली भन्नेले जतिसुकै नाटक र नौटंकी गरुन रोमन क्याथोलिक माफियाका पाल्तू हुन ति, पाल्तू नै रहनेछन । माफियासँग पैसा हुन्छ, सहयोग गरेको नाटक गर्छ तेतीनै हो । दशैंमा काटीखाने खशीलाई बास्मतीको चामल र मकैको भात त हाम्रा हजुरबा पनि खुवाउँथे । दशैंमा काटीखाने खशीको **** कन्याईदिँदै लेप्रे पारेर कुरा पनि गर्थे हजुरबा । तर जति नै मायाँको नाटक गरे पनि दशैं त दशैं नै हो !
एमालेले नेपाली जनतालाई गर्ने मायाँ पनि तेस्तै हो ।
प्रतिक्रिया दिनुहोस