रोल्पामा प्रमुखले आफ्नै श्रीमतिको नाममा गाउँपालिकाको नाम फेर्दै, स्थानीयहरु बिरोधमा उत्रिए’


पोष्टपाटी/मङ्सिर २९, रोल्पा ।

स्थानीय सरकार गठनपछि अन्य गाउँपालिका तथा नगरपालिकाहरु आफ्नो क्षेत्रलाई कसरी बिकास गराउने भन्ने बैज्ञानिक योजना तर्जुमामा जुटि रहेका बेला यता सुकिदह गाउँपालिकाका जनप्रतिनिधिहरु भने अझै गाउँपालिको केन्द्र निर्धारण र पुनः नामाकरण गर्ने नाममा फेरि विवाद निम्त्याएका छन ।

गाउँपालिका केन्द्र तोक्ने र नामाकरण गर्ने जस्ता साम्य भएका संबेदनसिल मुद्दाहरूलाई पुन ब्युताएर नागरिकहरु बिच अन्तरबिरोध निम्त्याउने कार्यमा जन प्रतिनिधिहरु मुच्छिएका छन ।

रोल्पा सुकिदहका जनप्रतिनिधिको दादागिरीले स्थानीयको भावनाबिपरित गाउँपालिका केन्द्र र नाम परिवर्तन गर्न खोजिएको आरोप लगाएका छन ।

सुकिदह गाउँपालिको गाउँसभाले गाउँपालिको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । त्यो पनि गाउँपालिका प्रमुख वीर बहादुर केसीले आफ्नी सहिद पत्निको नाममा गाउँपालिकाको नाम फेर्ने एकोहोरो हाकिमी शैली प्रयोग गरेका छन।

गाउँपालिका प्रमुखको एकतन्त्रीय शैलीले धेरैलाइ प्रभाब पारेको स्थानियहरु बताउने गर्छन । उनको दादागिरी शैलीगत समस्यालाई आफ्नै माओबादी केन्द्रका क्याडरहरु समस्याका रुपमा स्वयम स्वीकार गर्छन।

गंगा गाउँपालिका अध्यक्ष बिर बहादुर केसीकी श्रीमती हुन भने देबराज जनमुक्ति सेनामा थिए ।

सुक्रबार सुखाओढारमा बसेको सभाबाट सहिद गंगा वली र देबराज वलीको नामबाट गाउँपालिको नाम गंगादेब राख्ने र केन्द्र सानडाँडा राख्ने निर्णय गरेको ४ नं. वडा अध्यक्ष राम बहादुर वलीले बताए ।

उक्त निर्णय बिरुद आन्दोलन गाउँपालिको नाम र केन्द्र फेर्ने निर्णय गलत भएको भन्दै संर्घष समिति गठन गरिएको छ । जिनाबाङका दिपेन्द्र बहादुर डाँगी संयोजक रहेको समिति गठन गरेको रोशनकुमार वलीले जानकारी दिए ।

समितिले गाउँपालिको निर्णय सच्चाउन ज्ञापन पत्र समेत बुझाएको छ । सुकिदहबासीको जनमतको कदर गदै गलत निर्णय तत्काल सच्चाउनु पर्ने संयोजक डाँगीले बताए । जनताको आवाज बिरुद गए कडा आन्दोलन गर्ने समेत उनले जनाए ।

२०७४ मंसिर २९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको