डेमोक्रेसी या रिपब्लिकन  ? 


राजु ढुङ्गाना (प्रनिल)

एउटा कुरा चै सत्य हो कम्युनिस्ट राजमा “व्यक्तिगत स्वतन्त्रता” भन्ने जिनिस कम्युनिस्टको फिलोसोफी भित्र पर्दैन । कम्युनिस्ट राजमा व्यक्ति समानता चै हुन्छ तर व्यक्ति स्वतन्त्रता हुदैन। साम्यवाद/कम्निजमको अर्थ’ स्वतन्त्रता होइन। सामान्य उदाहरण :- चीन,कोरिया, क्युवा हेरौं । हलो जोत्न सबैले पाउछन् तर कुन रङ्गको गोरु र कसरी जोत्ने भन्ने निर्णयमा व्यक्ति स्वतन्त्र रहदैन। आफ्नो बर्गको निम्ति कम्युनिस्ट राज सर्वहारा अधिनायकवाद नै हो। तर नेपालमा कुन र कस्तो अधिनायकवाद बहस यसैमा हो।
कम्युनिस्ट राजमा कम्युनिस्ट साशक र साशन व्यवस्था आफ्नो प्रेरक शक्तिहरु प्रती बफादार चै हुन्छ, तर अराजक उदारवादी हुदैन। जस्को मत्लब सारत्वमा कम्युनिस्टको भाषामा स्वतन्त्रताको अर्थ अराजक हो। जुन व्यवस्थामा पुजिपतिहरु सर्वहाराकरण हुन्छन् । जस्को एक उदाहरण तत्कालिन पेरिस कम्युन। तर विश्वको भू राजनीतिक र भू अर्थनीति चीन र कोरियाको जस्तै भयो भने चै नेपालमा पनि कम्युनिस्टको प्रेरक शक्ति पुजिपतिकरण हुन्छ र त्यो व्यवस्था भनेको औद्योगिक अधिनायकवाद वा एकोहोरो अर्थ अधिनायकत्वमा रुपान्तरित हुन्छ जुन व्यवस्थामा चीन र कोरिया छ।
कम्युनिस्ट देश वा कम्युनिस्ट साशन व्यवस्थामा कम्युनिज्म र अर्थनिज्म बिचको आपसमा समानता हुदैन । यस हिसाबले  कम्युनिस्टको कम्युनिज्ममा अर्थनिज्म नै हावी हुन्छ। यसरी हेर्दा पनि विश्व मा पोलिटिकल र इकोनोमिकल समानता रिपब्लिकन मुलुकहरुमा भन्दा डेमोक्रेसी मुलुकहरुमा भएको पाइन्छ जस्को अर्थ डेमोक्रेसीहरुको समाजवाद स्वतन्त्र उदारवादी हुन्छ भन्ने तर्क छ । अधिनायकवादी कम्युनिस्टको समाजवाद र उदारवादी डेमोक्रेसीहरुको समाजवाद कुन्चै ठिक हो भन्ने बहस नै बर्तमान नेपालको बहस हो।
तर नेपालका कम्युनिस्ट अझैपनी स्पस्ट नभएको देखिन्छ कम्युनिस्टले परिभाषित गरेको वा गर्ने सामाजवाद सर्वहाराकरण हो वा पुजिपतिकरण हो नेपालका कम्युनिस्टले स्पष्ट पार्न सकेका छैनन् । तर कम्युनिस्ट अर्थात रिपब्लिकनको तुलनामा डेमोक्रेसीहरुले आफ्नो समावादी बिचार स्पष्ट पारेको देखिन्छ।
नेपालको हकमा काङ्ग्रेसले आफ्नो झण्डामा चार तारा राखेको छ र प्रत्येक ताराको अर्थ खुलाएको छ तथा उस्का दस्तावेजहरुमा पनि खुलाएको छ। जसमध्य एक ताराको अर्थ  उदारवादी समाजवाद भनिएको छ।
यसरी हेर्दा नेपालका कम्युनिस्टहरुको समाजवादी दृस्ठिकोण अझै बनिनसकेको जस्तो देखिन्छ। कम्युनिस्ट बृत्तमा आ-आफ्नै इच्छा अनुसार समाजवादको व्याख्या गरेको पाइन्छ! नेपालमा बिध्यमान तीन प्रकारका कम्युनिस्ट छन ; (क. अग्रगामी जस्तो देखिन्छ। (ख. उदारवादी जस्तो देखिन्छ भने (ग. सुधारवादी यथास्थिति देखिन्छ।
उदाहरणकै रुपमा हेर्ने हो भने पनि (क. बर्ग कम्युनिस्टले बैज्ञानिक समाजवाद भनेको छ तर बैज्ञानिक समाजवाद आजको नेपालमा कस्तो हुने भन्ने कुराको परिभाषा वा आधार दिन सकेको छैन। अघोसित रुपमा राज्य नियंत्रित भनेपनी अस्पष्ठ नै छ।
(ख. बर्ग कम्युनिस्टले समृद्ध/समुन्नत समाजवाद भन्छ उस्को यश अनुसारको नामाङ्गकनको अर्थ भनेकै अर्थिज्म हावी रहने प्रकारको समाजवाद अर्थात पुजिपतिकरण अर्थ व्यवस्था होकि भन्ने बुहिन्छ।
(ग. बर्गको कम्युनिस्ट र काङ्ग्रेस लगभग एकै जस्तो देखिन्छ समाजवादको सिद्धान्तमा काङ्ग्रेस घोसित रुपमै उदारवादी समाजवादको वाकालत गर्छ भने (ग. बर्ग कम्युनिस्टले अघोसित उदारवादी समाजवादको पक्ष पोषण गरेको पाइन्छ। यो (ग. बर्ग कम्युनिस्ट सारत्वमा यथास्थितिवादी नै हो भन्दा फरक पर्दैन र यो बर्ग अलि जडसुतृय सार-सङ्ग्रहवादी पनि रहेको पाइन्छ! र नेपाली परिवेशमा डेमोक्रेसीहरु भन्दा कम्युनिस्टहरु अलि इमानदार नभएको तथ्यलाइ चै मान्न सकिन्छ! यद्यपि डेमोक्रेसीहरु भन्दा रिपब्लिकनहरु बढ्ता भोकलिस्ट हुने स्वभावले पनि कम्युनिस्टहरु प्रती आम बुझाइ आफैमा स्थिर छैन।
तर आम मानिसले खोजेको समाजवाद भनेको राजनीतिक रुपमा सहभागितामुलक र अर्थनितिमा समानतामुलक अर्थात सर्वहाराकरण पनि होइन पुजिपतिकरण पनि होइन । सर्वहारावाद र पुजिवादको फ्युजनद्वारा समुन्नत समाजवाद आम मानिसले खोजेको समाजवाद हो। जुन समाजवादमा भूमि बाहेक अन्य विषयहरुमा व्यक्ती स्वतन्त्रता कायम रहन्छ।
नेपाल पछिल्लो पटक कम्युनिस्टले बहसमा ल्याएको समाजवादको यो परिकल्पना नेपाली परिवेशमा सुहाउदो देखिन्छ। डेमोक्रेसीहरुलाइ पछिल्लो पटकपटक कम्युनिस्टहरुले यहिनेर चुकाउन सफल भएका छन।
कारण : डेमोक्रेसीहरु पुजिपतिकरणमा बिश्वास राख्छन,र अप्रत्यक्ष लोकतन्त्र मन पराउछन! प्रत्येक्ष लोकतन्त्र भनेकै सहभागितामुलक विरुद्ध छ। उनिहरुको अर्थनिती नै एउटा बर्गप्रती उदारवाद र अर्को बर्गप्रती कठोरवाद हुन्छ जुन असमानता अर्थनीति र राजनीतिक प्रणाली हो।
तसर्थ यसैको वरिपरि देशमा अहिले राजनीतिक कित्ता दुई धुर्वमा बाडिएर बामपंथी गठबन्धन र लोकतान्त्रिक गठबन्धनको नामबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुँदै अबको पाँच बर्ष साशन व्यवस्थाको जिम्मा लिन गैरहेका छन् ।
अब कुन राजनीतिक धार/शक्तिलाई आम निर्वाचनमा जिताएर अबको पाँच बर्ष सत्तामा पठाउने भन्ने बहस जनतामा व्यापक बहस छ। यहि निर्वाचनमा जनताले दलहरुको स्थापना कालदेखी खेलेका भुमिका र योगदानको उच्च मुल्यांकन गर्दै पाँच बर्षको सत्ता कुन धार/शक्तिको समाजवादलाइ मन पराएर भोट दिन्छन हेरौं ।
२९ कार्तिक २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको