गज्जब छ बा’को भयो सार्बजनिक


पोष्टपाटी/काठमाडौं, २९ भाद्र

धुर्मुस सुन्तली युट्युव च्यानलबाट प्रशारण हुदै आएको हाँस्य टेलिश्रृखंला गज्जब छ बाको नयाँ एपिसोड सार्बजनिक भएको छ । २२ भाग सार्बजनिक गरेको निर्माण टिमले स्रोह श्राद्धको बिषयलाई केन्द्रित गरेर निर्माण गरेको बताएको छ ।

२२ मिनेट लामो यस सिरियलमा मेरिबास्सैका कलाकारहरु र अन्य नयाँ तथा पुराना कलाकारहरुको समेत अभिनय रहेको छ । घनश्याम पोख्रेलको छांयाकन रहेको उक्त श्रृखंलालाई रबिन भट्टले सम्पादन गरेका हुन् भने लेखक/निर्देशन   लेखान्त भुसाल, बेगम नेपाली र कुमार न्यौपाने ले संयुक्तरुपमा गरेका छन् ।

सिरियलमा रामचन्द्र अधिकारी, बेगम नेपाली, लेखान्त भुसाल, कुमार न्यौपाने, ईन्द्रजीत चौलागाँई, गीता थापा, आयुष लामा, कृष्ण प्रसाद जोशी, कृष्ण अधिकारी, सारिका चौलागाँई, श्याम बिलाश लामिछाने, सारिका चौलागाँई, बेगम पुन, निरज रजौरे, नारायण नेपाल र सन्चिता पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

समसामयिक तथा जल्दोबल्दो कथाबस्तुमा निर्माण हुने यस टेलिश्रृखंला प्रत्येक साताको बुधबार प्रशारण हुदै आईरहेको छ ।

हेर्नुहोस भिडियो :-

३० भाद्र २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको