जिप्रका अगाडिनै अखिल (क्रान्तिकारि)ले दलाल राज्य मुर्दावाद भन्दै उर्लियो


पोष्टपाटी/कास्की, रमाकान्त बास्तोला, २९ भाद्र

जिप्रका अगाडि नारा लगाउदै अनेरास्ववियु (क्रान्तिकारी)ले दलाल राज्य मुर्दावाद भन्दै नारा जुलुश लगाएका छन !

अखिल क्रान्तिकारीको २१ औं कास्की जिल्ला सम्मेलनको क्रममा जिल्ला प्रहरी कार्यलय अगाडि नारा लगाउदै बिध्यार्थी आन्दोलन जारी रहेको उद्घोस गर्दै दलाल राज्य द्वारा शिक्षा मा देखिएको माफियाकरण बृद्दी भएको भन्दै नारा लगाएका थिए ।

पृथ्वीनारायण क्याम्पस बगर देखि र्यालीमा सुरु भएको कार्यक्रममा विभिन्न स्कुल तथा क्याम्पस देखि उल्लेख्निय बिध्यार्थीहरुको सहभागि जनाएका थिए । क्याम्पस देखि सुरु भएको र्याली जिल्ला प्रहरी कार्यलय गेट हुँदै जि प्र का कै आगन अगाडि रहेको उधोग बाणिज्य संघको हलमा उद्घाटन सत्रमा परिणत भएको थियो ।

३० भाद्र २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस