पोष्टपाटी/युएई, १५ सेप्टेम्बर
गएको बाढीका कारण प्रभावित भएका बिद्यार्थीहरुलाई नेपाली जन प्रगतिशील मोर्चा युएईले प्रत्यक्ष राहत वितरण गरेको छ । मोर्चाको तर्फवाट प्राकृतिक प्रकोप अर्थात हालैको नेपालमा बाढी-पहिरोको कारण प्रभावित भएका झापा जिल्लाको साबिकको केचना गाबिस पागल भट्टीमा रहेका प्राविका बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामाग्रीहरु सगहयोग गरेको हो ।
युएईमा रहेको जन प्रगतिशील मोर्चाका वर्तमान उपाध्यक्ष कमल पोख्रेलको संयोजकत्वमा गठित राहत संकलन समितिले रु ३० हजार बराबरको सहयोग संकलन गरि सारदा प्रा.वि. स्कुलका स-साना बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराई दिएको छ ।
राहात संकलन समितिमा रहनु भएकी मोर्चाको बर्तमान प्रथम सचिव प्रेमा सुब्बाको बिशेष पहलमा संकलित रकम उहाँकै पहलमा वितरण गरिएको छ । बिद्यालयलाई चाहिने खेलकुद सामाग्री देखि बालबालिकाहरुलाई चाहिने शैक्षिक सामाग्री वितरण गरेको राहत समितिका संयोजक कमल पोख्रेलले बताउनु भयो ।
झापा जिल्लाको केचना गाविस पागल भट्टीमा बाढीवाट प्रभावित ‘सारदा प्रा.वि.’का वालवालिकाहरुले शैक्षिक तथा खेलकुद सामाग्रीहरु पाए पछी खुसि व्यक्त गरेका थिए । स्कुलका शिक्षक, शिक्षिकाहरुले नेपाली जनप्रगालीशिल मोर्चा युएइ प्रति आभार व्यक्त गरेका थिए ।
राहत संकलन समितिमा मोर्चाका उपाध्यक्ष कमल पोख्रेलको संयोजकत्वमा प्रथम सचिप प्रेमा सुब्बा, दित्तीय सचिव अर्जुन खड्का लगाएतका ब्यक्तिहरु रहेका थिए ।
प्रतिक्रिया दिनुहोस