मधेश जलमग्न हुँदा ओली ज्यु हेलिकप्टरमा मुक्तिनाथ सयर


पोष्टपाटी!

सायदै संयोग हुनुपर्छ, तराईसहित पूरा देश बाढीपहिरो र डुबानबाट संकटमा परेका बेला ओली जोमसोमको तिर्थ यात्रामा व्यस्त थिए । उनले त्यहाँ पत्नी राधिकासहित मुक्तिनाथको पनि दर्शन गरेका छन् ।

हावाबाट उत्पादित विजुलीको उद्घाटन र पार्टीको कार्यक्रमको सिलसिलामा हेलिकप्टर चढेर मुस्ताङ पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोमसोममै अड्किए।

ओलीसँगै रहेका पत्रकार त्रिपाठीले फेसबुकमा लेखेका थिए, मौसम यति प्रतिकुल भइदियो कि जोमसोमबाट पोखरा हेलिकप्टर पनि जान सकेको छैन । केपी ओली दम्पती मुस्ताङमै अड्किनु भो ।

यता पुरै देश बाढी र डुबानबाट प्रभावित हुँदा ओली जोमसोममा घुम्नमा मस्त रहिरहेको र पार्टीका कार्यक्रममा व्यस्त भएको भन्दै आलोचना भइरहेको छ ।

मधेश र केपी ओलीको राजनीतिक सम्बन्धमा तिक्तता छ। यस्तै बेला केपी ओलीको मुक्तिनाथ दर्शनमा रहनु, यता मधेश डुब्नुले आलोचनाको राजनीतिक तिर हान्नेहरुलाई राम्रै मलजल भएको छ।

ओलीसँगै रहेका पत्रकार विनोद त्रिपाठीका अनुसार खराब मौसमका कारण हेलिकप्टर उड्न नसक्दा ओली जोमसोममै रोकिन बाध्य भएका थिए।

त्यस्तै राजधानीमा सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री देखि गृहमन्त्री सम्म पीडितका नाममा केवल आकाशमा हेलिकप्टरको सयर गरेर फर्किएको तर पिडित सम्म अझै राहत अपुग भएको गुनासो पिडितहरुको छ। मन्त्रीहरु हेलिकप्टरमा आए, आकाश बाट हेरे अनि फर्किए भन्ने गुनासाहरु स्वयम् पिडितहरु असन्तुष्टि पोखिरहेका छन्।

यस्तो लाग्दै छ, नेपाली धर्ति भूकम्पमय होस, या जलमग्न होस्, नेपाली आकाश भने केवल मन्त्रीहरुको हेलिकप्टर सयर बन्छ। किनकी उपलब्धि बिहिन चियो अर्थहिन छ र त्यो सयर रमिते मात्र बन्छ, यो विडम्बना नै हो।

 

३१ श्रावण २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको