बाँकी रहेका प्रदेशहरुमा सरकारले यसरि गराउदै छ चुनाव


काठमाडौं । निर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता यही असार ४ गते सारेको छ ।

आयोगले १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते आइतबार गर्ने निर्णय गरेको हो ।

 

यसअघि भोलि शुक्रबारदेखि मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । तर, सरकारको आग्रहअनुसार मनोनयन दर्ताको मिति दुई दिन पछि सारिएको निर्वाचन आयोगले जनाएको छ ।

सरकारले दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नम्बर प्रदेशको चुनाव गराउँदै छ ।

दुई नम्बर प्रदेशको चुनाव भने तेस्रो चरणमा आगामी असोज २ गते गर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव सार्दै आगामी असोज २ गते गर्ने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ मा गर्ने निर्णय गरेको हो ।

यससँगै स्थानीय चुनाव तीन चरणमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते चुनाव भएर भरतपुर महानगरपालिका बाहेकको परीणाम आइसकेको छ ।

प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुनेछ । प्रदेश नम्बर २ मा भने असोज २ गते हुनेछ ।

यसअघि सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति जनाएको थियो ।

१ असार २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको