चोक चोकमा मसाल बाल्न भन्नु बाबालाई


चोक चोकमा मसाल बाल्न भन्नु बाबालाई
दलालहरुको चिहान खन्दै गर्न भन्नु आमालाई !
आफु मात्र परिबर्तन हुन् जानेका नेतालाई 
घुसखोरी कमिसनखोर चिन्दै  गर्नु भन्नु मामालाई !
परिबर्तन त बैज्ञानिक समाजबादले गर्छ 
हाम्रो हक अधिकार कहाँ छ सोध्न लगाउनु सानालाई !
सुकुम्बासी बस्तिहरुमा डोजर लगाउने सरकार 
६० प्रतिसत जनता भन्छन देउ केहि खानालाई !
गोडमेल होइन जरैदेखि ढाल्नपर्छ संसदीय ब्यबस्थालाई 
गाउँ गाउँमा मोर्चा कस्दै अघि बढ भन्नु बैनालाई !
लक्षमण जी सी 
पाल्पा रा न पा ४
२०७४ कार्तिक २८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको