समाज परिबर्तनका सम्बाहक युवा सुवास केरुङ ‘नुनाम’ को दुबई भ्रमण र सम्झना


सरोज लिम्बु 

म आफ्नै निवासमा किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा यहीं १५ – डिसेम्बर – २०१७, शुक्रबारको दिन बुर्जमान मेट्रो स्टेशन एक्जिट नम्बर ४ छेउको ‘होलिडे ईन’ होटलको कार्यक्रम हलमा दिनको ४ बजेबाट हुन गई रहेको चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम -२०१७ को कार्ययोजना निर्माणको लागि ल्यापटपको स्क्रिनमा ‘चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम – २०१७’ शिर्षकको मुन्तिर कार्ययोजना लेखिएको एक्सल सिट हेरेर घोत्लि रहेको थिएँ |

 

भान्सामा खाना तयार गर्दै आफ्नो फेसबुकमा रहेका साथीहरुलाई कार्यक्रमको टिकट बेच्न सहयोग मागी रहेकी जिबन साथी मुना ढोका छेउमा आएर मोबाईलको स्क्रिनमा चली रहेका आँखा र नजर मोबाईलको स्क्रिन मै ब्यस्त हुदा हुदै अंकललाई फोन गर्नु हुन्छ रे भनेर टक्क उभिन | को अंकल ? भनेर म कार्ययोजना मै ब्यस्त रहें निकैबेर उनीबाट केहि उत्तर नपाए पछी फेरी ‘को अंकललाई फोन गर्नु भनेको मुना’ भनेर उनि तिर हेरे अनि मात्र उनि पनि झस्किएर ‘ए  मनिष अंकललाई कल गर्नु हुन्छ रे’ भनेको नि भनेर मुसुक्क हासिन | तर पनि उनको नजर मोबाईलको स्क्रिनबाट हटेको थिएन | मानौ उनि मोबाईल भित्रै केहि गरि रहेकी छिन उनले त्यो कार्य रोकिन भने मोबाईल पड्किन्छ वा बिग्रन्छ |

 

‘सुन्नु न दुबईमा कत्ति धेरै लिम्बूहरू रहेछन्, किरात याक्थुङ चुम्लुङ, युएई सबैको त संस्था हो | यहाँ भएका सबै लिम्बूहरू मात्र आए भने पनि कार्यक्रम सफल भई हाल्छ नि | सधैं भरि आउनु पर्ने होइन बर्षमा एक पटक मानिने चासोक तङ्नाम सांस्कृतिक कार्यक्रममा त मन गरे भने आउन सक्छन नि म त मैले चिनेको सबैलाई भन्दै छु | १५ जना त आउने भई सके त’ भन्दै थिन मुना म भने किन अंकलले फोन गर्नु भन्नु भएछ भनेर फोन गर्न थाले | उहाँले फोन मार्फत ‘नुनाम लुङ्वा’ भोलि बेलुका नेपाल फर्किदै हुनुहुन्छ | म ब्यस्त छु उहाँलाई पठाई दिन्छु ‘बिस्व कै अग्लो टावर ‘बुर्ज खालिपा’ र दुबई मल घुमाई दिनुस है ज्वाई साब’ भन्नु भयो | उहाँको कुरा सुनेर एक छिन बोल्न मन लागेन |

 

एक महिनाको छोटो चिनजानमा ‘नुनाम लुङ्वा’ संगको सम्बन्ध व्यक्तिगत, पारिवारिक, सामाजिक र समग्रह देशको निम्ति जोडी सकेको थियो | अंकलको आग्रहमा मैले जवाफ दिनु पर्ने बाध्यता हुदा हुदै झिनो आसा लिएर ‘नुनाम लुङ्वाको अन्तिम निर्णय हो र यो अंकल’ भनेर प्रति प्रश्न गरे अंकलले ‘भोलि रातिको टिकट भई सक्यो’ भने पछी ल पठाई दिनुस उहाँलाई खाना पनि मेरैमा पाक्छ है भनेर फोन राखे |

 

दिनको ३ बजे मूल धोका कसैले ढकढक ढकढक्यायो यसो हेरेको ‘नुनाम लुङ्वा’ हुनु हुदो रहेछ | ढोका खोलेर भित्र पस्ने ईसारा गर्दै ‘जय हिन्द लुङ्वा’ भनेर हात मिलाउदै चिम्रो आँखा टालुन्जेल हासे | ‘नुनाम लुङ्वा’ पनि ‘हाओ हाओ फेजा आत्तो वाई आरिनी चेप्तुङ सेरुङलो ‘ भन्दै चेपु छुटीजाला जस्तो गरि मुख फुकालेर हास्नु भयो | जातीय पहिचान सहितको संघियता र संघिय राज्य लिम्बुवानको बिरोधि कुरा गर्यो भने दिन रात नभनी त्यसको खण्डन गर्नु हुन्छ ‘नुनाम लुङ्वा’ समुदाय, समाज र देशको लागि मरी मेट्ने उहाँको बानीले मलाई लोभ्याएको हो | त्यसमा पनि लिम्बू समुदायको भाषिक, धार्मिक, सांस्कृतिक परम्परागत मूल्य र मान्यता अनुरुप    सामाजिक रुपान्तरण गर्दा त्यहाँ भित्रका समाजलाई नाकारात्मक दिशामा दिशा निर्देश गर्ने अनावस्यक र बाहिय तत्वहरु फाली सकारात्मक, राम्रा र ब्यबहारिक तत्वहरुको मात्र उठान गरेर बर्तमान समय र युगको मान्यता अनुरुप समय सुहादो सामाजको निर्माण गर्नु पर्छ भन्ने मान्यतामा सलललल बग्नुले आफैमा आकासको काकाकुलको पानी प्रतिको मोह झैं मोह भरिएको हो |

 

हामी एक एक कप ‘ब्लाक कफी’ पिएर मेरो अस्थाई निवास बरदुबईबाट अल फाहिदी मेट्रो स्टेशन हुदै दुबई मल, बुर्ज खालिपा ,बुर्ज खालिपाको पानी नाच सम्म हेर्न भ्याउँदा साझको ८ बजेछ | समुदाय, समाज, देशको कुराले समय बितेको पत्तै भएन | त्यो दिनको भ्रमणबाट लुङ्वाले दुबईको बिकास कल्पना भन्दा बाहिरको रहेछ भन्ने कुराको महसुश गर्नु भएको थियो | उहाँको विश्लेषण हामी र हाम्रो राष्ट्रियको लागि सहि थियो | समय र परिस्थितिले साथ दिए भौतिक बिकास नभए पनि कम्तिमा देशको सिस्टम चाहि यहाँको जस्तो बनाउन पहल गर्नु पर्छ है लुङ्वा भन्ने सम्झौता गर्दै दुबई र नेपालको नीति नियम बारे भलाकुसारी गर्दै हामी पुन मेरो निबासमा आई पुग्यौं | मुनाले खानामा सुगुरको मासु, मिसाएको दाल, रायोको सागको तरकारी र फिलिंगे र मुला साधेको अचार बनाएकी रहेछिन | खानपिन गरेर म र मुना भएर लुङ्वालाई बस चढाई बिदाई गरेर त्यो दिनको बिट मारेका थ्यौं |

 

सरस्वती ईङ्नाम आन्टीले एक महिना अघि ‘ज्वाई नेपालबाट एक जना लुङ्वा भिजिट भिषामा दुबई आउनु भएको रहेछ अप्ठ्यारोमा पर्नु भएको छ, सहयोग गर्नु परयो |’ भने पछी ‘नुनाम लुङ्वा’संग बरदुबईको अल गुबैबा बस स्टेशनमा भेट भएको थियो | उहाँलाई एक महिना अघि आफ्नै मान्छेले दुई लाख बत्तीस हजार नेपाली रकम लिएर एक महिनाको भिजिट भिषामा अठार सय धिराम मासिक तलबमा काम लगाई दिने सर्तमा ल्याएको रहेछ | नेपालबाट आएको पन्ध्र दिनमै उहाँलाई ल्याउने आफ्नो मान्छे बसेको कोठाबाट फरार भए पछी दुई दिन भोकै बस्नु परेको पीडा भन्दा आफन्तले नै बिस्वासघात गरेकोमा धेरै दू:ख लागेको रहेछ |

 

आफ्नो र परिवारको लागि केहि गरेर बाँकी समय समाज र देशको लागि दिनु पर्छ | हाम्रो लागि हामीले नै नगरेर कसले गर्छ ? भन्ने मान्यता राखेर अगाडी बढ्न कदम चाल्दा आफन्तबाटै ठगिएका ‘नुनाम लुङ्वा’लाई किरात याक्थुङ चुम्लुङ, युएईले आफ्नो स्रोत र साधनले भ्याए सम्म सहयोग त गर्यो नै त्यसमा पनि किरात याक्थुङ चुम्लुङ, युएईका बर्तमान अध्यक्ष मनिष नाल्बोको पहलमा थप तीन महिनाको भिजिट भिषा थप गरि चुम्लुङले सके सम्म उहाँलाई काम दिलाउन हर प्रयास गर्यो | थाहा छैन त्यो सहयोगले ‘नुनाम लुङ्वा’को चोटमा कति मल्हम पट्टी गर्यो तर चुम्लुङ परिवार ‘नुनाम लुङ्वा’ दुबईबाट रित्तो रित्तो फर्किनु परेकोमा अझै मर्माहित छ | उहाँको अभाबमा अझ पनि आफ्नो औपचारिक बैठक, भेटघाट र कार्यक्रमहरुमा चुम्लुङ चसक्क दुख्छ र कामना गर्छ हाम्रो समुदाय र सामाजिक बिकासको लागि उहाँको सकारात्मक सोचमा कुनै कुराले ठेस नपुर्याओस |

 

‘नुनाम लुङ्वा’को पुरा नाम ‘सुबास केरुङ’ हो र उपनाम आफैले राखेका रहेछन नुनाम | हेर्दा अलि उमेर खाको देखिए पनि वास्तविक उमेर तेईस बर्षका लक्का जवान | गीत गजल राम्रो लेख्ने सुबास केरुङ ‘नुनाम’लाई छोटो समयमा दुबईका लुङ्वाहरुले ‘नुनाम लुङ्वा’ भनेर चिने | संघिय लिम्बुवान मंच पार्टीमा आस्था राख्ने ‘नुनाम लुङ्वा’ बर्तमान सरकारले ‘पृथ्बी नारायाण शाह र लिम्बुवान बीच भएको सम्झौतालाई मान्यता प्रदान गरे लिम्बुवान स्वत: संघीय लिम्बुवान राज्य हो, मान्यता नदिए के हुन्छ ? शाषकहरुले बुझ्नु पर्ने कुरा हो’ यो मागी बस्नु पर्ने कुरा होइन भन्ने मान्यता राख्नु हुन्छ भने समाज र देशको बिषयमा बिरोध होइन सल्लाह सुझाब र सहकार्य गरेर सामाजिक रुपान्तरण गर्दै देश परिबर्तनको यात्रामा जुट्नु पर्छ भन्ने मान्यताका साथ कलिलै उमेरमा खरो बिचार प्रस्तुत गर्न सक्ने ‘नुनाम लुङ्वा’को खुबीले दुबईका लुङ्वाहरुलाई प्रभाब नपारेको होइन | त्यसो त यो उमेरमै उनि किरात याक्थुङ चुम्लुङ, मलेसियाका उपाध्यक्ष समेत भएर त्यहाँ रहदा धेरै सामाजिक क्षेत्रमा योगदान दिएका थिए |

 

समाज परिबर्तनका सम्बाहक ‘नुनाम लुङ्वा’ र ‘नुनाम लुङ्वा’ जस्तै आफन्तबाटै ठगिएका हजारौं युवा नुनामहरु दिन प्रतिदिन दुबईमा भिजिट भिषामा आएर गन्तब्य बिहिन भई रहेका छन | यसमा सरकारले चासो लिएको देखिदैन | नेपाली राजदुतावास, अबुधाबिले केहि महिना अघि ‘नुनाम लुङ्वा’लाई ठग्ने दलाल सहित मोटो रकम असुल गरि नेपालबाट नेपाली युवाहरुलाई राम्रो काम दिलाउने सर्तमा भिजिट भिषामा दुबई ल्याएर अलपत्र बनाउने एकाउन्न जना नेपालीहरुको नाम सार्बजनिक गरे पनि तिनीहरुलाई कारबाही भएको छैन | त्यसर्थ नेपालबाट कसैको प्रलोभनमा परि कोहि पनि दुबई भिजिट भिषामा नआउन यो पंतिकारको बिशेष अनुरोध छ | यदि तपाईं आफै दक्ष हुनुहुन्छ र आफै काम खोज्न सक्नु हुन्छ भने पनि नेपाल सरकारको ब्यबस्था अनुसार त्यसरी भिजिटमा आएर काम गर्ने कामदारहरुको श्रम रेकर्ड नहुनाले  भबितब्य केहि भै हालेमा सम्बन्धित कम्पनीले बेवास्ता गर्यो भने नेपाली राजदुतावासलाई समेत त्यस्ता नागरिकहरुको उद्दार गर्न गाह्रो हुन्छ | त्यसैले दुबईमा भिजिट भिसामा आएर काम गर्न चाहने नेपाली दाजु भाई तथा दिदि-बहिनीहरुमा सधैं सचेत रहन हार्दिक अनुरोध समेत गर्दछु |  ‘नुनाम लुङ्वा’ प्रति उत्तरोत्तर प्रगतिको शुभकामना |

 

 

 

 

२०७४ कार्तिक २८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको