रोल्पा जलजला सेवा समाज कतारले सम्पुर्ण रोल्पालीहरुको बिचमा विषेश कार्यक्रम गर्दै ।


पोष्टपाटि/काठमाडौ आश्विन २८ गत्ते 

कतारको दोहा स्थित दिवार अल्कुदुप पठानी पार्कमा रोल्पा जलजला सेवा समाज दोहा कतारले रोल्पाली परिवार भित्र मनाउन गइरहेको दसैं तिहार चाडपर्वको अवसरमा जिल्ला भित्र रहेका टोल वडा गाबिस स्थरिय समाज समुहका प्रतिनिधित्व र रोल्पा जलजला सेवा समाजका कार्यसमिति पदाधिकारी सल्लाहकार सदस्यहरु तथा नया उपस्थित रोल्पाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्तिथिमा बसेको बैठक अध्यक्ष शिव बुढाथोकी को अध्यक्षता सम्पन्न भएको साथै उक्त बैठक समाजका महासचिव देबराज पुनले संचालन गर्नु भएको थियो ।

बैठक मा कतारमा कार्यरत रहेका सम्पुर्ण रोल्पालि दाजुभाइ तथा दिदिबहिनी र रोल्पा जिल्ला भित्र रहेका संघ सस्था समुहको समन्वयमा एकै परिवार भएर यसपटक संगै बसेर प्रवासमा रोल्पालीहरुको शान्ति, सद्भाव र एकताको चाहना, बडा दसै तथा शुभ दिपावलीको शुभकामना भन्ने मुल नाराका साथमा रोल्पा जलजला सेवा समाज कतारले जिल्ला सस्था द्वारा समन्वय गाबिस स्थरीय संघ सस्थाको बिजया दशमी शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको अन्तिम तयारी भैसकेको समाजका संयोजक बसन्त थापाले बैठकमा स्पष्ट पार्नु हुदै कार्यक्रम २० अक्टोबर २०१७ शुक्रबारको दिन समय दिउँसो १२:३० बजे देखि रोटना रेष्टुरेन्ट सभाहल सनैयामा हुने समेत बताए ।

बैठकमा उपस्तिथ सम्पुर्णको सल्लाह सुझाव तथा भनाइलाई एकमुष्ट गर्दै कार्यक्रमलाई यसपटक कतारमा रहेका रोल्पालीहरु बिचमा एक किसिम एकता को नया संदेश चेतनामूलक कार्यक्रम रहने समेत सबैको भनाइको राय र उदेश्य रहेको थियो ।
त्यस्तै समाजले कतारमा कुनै किसिमको आइपर्ने भवितव्य विभिन्न समस्याको समाधानको लागि समाजको तर्फबाट गर्दै आइरहेको र यस्तै विभिन्न समस्या समाधान र समाजीक कार्य अभियानको लागि सहयोग गरिदिनु हुन र उक्त कार्यक्रममा गरिमामय उपस्तिथिको लागि सम्पुर्ण रोल्पाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्तिथिको लागि अनुरोध समेत गर्दै समाजका अध्यक्ष शिव बुढाथोकीले आजको बैठक सफलता पुर्वक सप्पन्नएको जानकारी दिएको हाम्ररा  सहकर्मी मित्र चोम बिष्टले बताए ।

२८ आश्विन २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको