जुनु आमाको बाल अनाथालयमा पुगे सागर आले


पोष्टपाटी/काठमाण्डौ, २९ भाद्र

नेपाल आइडलबाट बाहिरिएका सागर आले यतिबेला आइडलको मंचमा भन्दा वाहिर अझै धेरै चर्चाको शिखरमा छन्। सागर आलेलाई नेपालको पहिलो आइडल बनाउने सपना बोकेका उनका लाखौ फ्यानहरु सागरको प्रतिभालाई मर्न नदिन संसार भरबाट आर्थिक सहयोग अभियानमा जुटेका छन् ।

सागर गरिव भए पनि प्रतिभाका धनि थिए । त्यसकै फलस्वरुप आज देश बिदेशमा रहेका करोडौ फ्यानहरु उनको साथमा हात मिलाउदै आर्थिक सहयोग अभियानमा जुटेका छन् ।

उनको प्रतिभालाई कदर गर्न र हौसला बढाउन विभिन्न संघ संस्थाहरु उनलाई सम्मान गर्दैछन् । मिडिया हाउसहरुले अन्तर्वार्ता लिदै छन् । चारैतिरबाट सम्मानका लागि कदरपत्र लिइदीन निमन्त्रणा आइरहेका छन् र चितवनका सागर आले यतिबेला आफ्ना फ्यानहरु संग यस्तै भेटघाटमा व्यस्त रहेका पनि छन् ।

तस्बिर जुनु पुनको फेसबुकबाट साभार

नेपाल आइडलले युटर्न गराई दिएको उनको सांगीतिक यात्रा अब भने विदेश तिर हुने निश्चित नै देखिएको छ। बिदेशमा रहेका उनका फ्यानहरु सागरआलेको कार्यक्रमको आयोजना गर्न जुट्दै गरेको स्विइको मिल्दैछ ।

यसै क्रममा उनि सबै भन्दा पहिले काठमाडौंको मनमैजुमा रहेका अनाथ बालबालिकाहरुलाई भेटेका छन् । सामाजिक सेवामा ‘जुनु आमा’को पहिचान बनाएकी एकीकृत सिर्जनशील समाजको बालगृह कि हक्की आमा जुनु पुनले सागरलाई निम्तो दिएकि थिइन् । उक्त निम्तोलाई सहर्षस्वीकार गर्दै जुनु आमाको आशिर्वाद ग्रहण गर्न उनि अनाथ बालबालिकाहरुको बासमा पुगे ।

अनाथ बालबालिकाहरु संगै रहेकी जुनु आमालाई भेटे, अनाथ बालबालिकाहरु संग भलाकुसारी गरे । जुनु आमाको अनाथालयमा सागरलाई भेट्नेहरुको भिडले भन्यो “सागर! तिमी सागर होइनौँ, महा-सागर हौ” ।

हो…सागरको प्रतिभा साँच्चिकै महासागर झैँ असिमित छ । सरल स्वभावका मिजासिला सागरलाई भेट्नेहरुले मायाको अंगालोमा बेस्सरी कसेर बधाई दिए । उनलाई माया गर्नेहरुको माया देखेर सागर दंग थिए, तर गम्भीर बोध गरेका थिए ।

तस्बिर जुनु पुनको फेसबुकबाट साभार

सागर आलेका लागि देश बिदेशबाट उनका फ्यानहरुले आर्थिक संकलन अभियान तिब्र पारेका छन् । जसको भरपर्दो माध्यम तिनै अनाथ टुहुराहरुलाई सिहार्दै बसेकी जुनु आमालाई बनाएका छन् । देश विदेशबाट सहयोगको लागि जुनु आमालाई नै सम्पर्क गरेर सहयोग रकम पठाई दिने बचन दिए पछी, जुनु आमा सल्लाहकारको भूमिकामा देश बिदेशका फ्यानहरु संग आर्थिक संकलनका लागि समन्वय गरिरहनु भएको छ ।

जुनु आमाको अनाथालयमा १७ जना द्वन्द्वपिडित, १० जना भुकुम्प पिडित (जसका आमा बाबाहरु गएको भुकुम्पमा गुमे) र अन्य अति निम्न गरिव परिवारका बालबालिकाहरु गरि ३६ जना बालबालिकाहरु रहेका छन् । यी बालबालिकाहरुको पालन पासन, शिक्षा स्वास्थ्य सबै एकीकृत सिर्जनशिल समाजले आफै ब्यबस्था गर्दै आइरहेको छ तर बिडम्बना नत राज्यको ध्यान अहिले सम्म पुगेको छ, नट कुनै बिदेशी दाताहरुको ध्यान पुग्न सकेको छ ।

जुनु आमाको अनाथ घरबाट छुट्टीनु पहिले दया माया तथा भावनाका खानी सागरले तिनै अनाथ बालबालिकाहरुको भविष्यका लागि आफ्ना फ्यानहरुलाई सहयोग गर्नपनि हृदय देखि आग्रह गरे । उनले भने ‘यिनै नानि बाबुहरुको लागि सबै जनाले जति सक्नुहुन्छ सहयोग गरिदिनु होला’ ।

सागर आले संगै बिग आइकनका बिजेता मनोज थापा, लेट मि डान्स सिजन २ का बिजेता बिष्णु मगर लगाएतका कलाकारहरु एकीकृत सिर्जनशील समाजमा पुगेका थिए ।

२९ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस