नेपाल आइडलका सागर आले र निर्देशक अनिल बुढा संगै सम्मानित


काठमाडौं | भाद्र २९ बिहिबार, नेपाल मगर संघ केन्द्र र नेपाल मगर सास्कृतिक संघ केन्द्रको आयोजनामा रहेको सम्मान कार्यक्रमा निर्देशक अनिल बुढामगर र सागर आले मगर संगै मनोज थापा मगर र साजन आले मगर सम्मानित भए ।

एपि वान टेलिभिजनद्धारा प्रशारण भइरहेको नेपाल आइडलको टप ४ मा पुग्न सफल सागर आले मगर र अमेरिकामा भएको नेपाल आदिबासी चलचित्र महोत्सबमा बेस्ट फिल्म, बेस्ट निर्देशक र बेस्ट कस्टम जित्न सफल निर्देशक अनिल बुदा मगर सम्मानित भएका हुन् ।

नेपाल आइडल टप ८ मा पुगन सफल मनोज थापा र साजनलाई मगर समुदायको साझा सामाजिक सस्था नेपाल मगर सघंले बुधबार कंलकी रहेको सघंको केन्द्रीय कार्यलयमा कार्यक्रम आयोजना गरी सम्मान सहित बधाई तथा शुभकामना दिएको हो ।

सघंले आले र बुदालाई मगरको श्रीपेच ‘फेता’ लगाइ बधाई पत्र दिएर सम्मान गरे । मगर संघको केन्द्रीय अध्यक्ष नबिन रोकामगरको अध्यक्षता, महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरण र सास्कृतिक संघको अध्यक्ष कबिराज मगरको स्वागत मन्तव्यमा सप्पन्न भएको सम्मान कार्यक्रममा मगर महिला संघ, मगर विद्यार्थी संघ, मगर सास्कृतिक संघ, मगर संघ काठमाडौं, मगर महिला संघ काठमाडौं, मगर महिला संघ ललितपुर आदि संघ–सस्थाहरु र बिभिन्न ब्यक्ती–ब्यक्तित्वहरुले सागर आले लगायतका सम्मानित हरुलाई सम्मान गरेका थिए ।

२०७४ भाद्र २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको