पेरिस डाँडा र सानेपाले बाढीपीडितलाई एक महिनाको तलबदिने ‘धुम्बाराही भने मानसरोवर दर्शनमा’


पोष्टपाटी समिक्षा

देशमा अविरल बर्षाका कारण कस्टकर जिबन भोगिरहेका नागरिकहरुका लागि देश विदेशबाट सहयोग जुट्दै छ। यहि क्रममा पेरिस डाँडाको नेकपा माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागि दिने निर्णय गरेका छन् ।

त्यस्तै उता सानेपाका सांसदहरु पनि बाढीपिडितहरुलाई एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता दिएका छन। प्रत्यक चुनावमा सबै भन्दा धेरै जनमत प्रदान गर्ने नेपालि कांग्रेसका सांसदहरु उद्दार तथा सहयोग कार्यमा तत्परता देखाएको छ।

तर यता धुम्बाराहीका एमाले माननीय सांसदहरु बाडीपिडितको उद्दार तथा राहतको लागि भने बेपत्ता भएका छन्। नेकपा एमालेबाट सांसद बनेकाहरु मधेशका नागरिकहरु डुवानमा परि सर्वस्व गुमाउदा समेत, मानौ उनीहरु मान सरोवरको दर्शन गरिरहेका छन्। जनताको भोट पाएर सांसद भएकाहरु तिनै सर्वस्व गुमाएकाहरुलाई कुनै सहयोग प्रतिबद्धता दिने चेष्टा समेत गरेका छैन।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको संसदीय बोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेको खबर छ।

बाढी पहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काममा सक्रियतापूर्वक लाग्न बैठकले निर्देशन समेत दिएको छ । सत्ता साझेदार माओवादीको संसदीय बोर्ड बैठकले बाढी पीडितहरुको राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी र तदारुकता साथ अघि बढाउन सरकारलाई आग्रह समेत गरेको छ ।

आउने सालहरुमा फेरी भोट चाहिएको हो भने, तिनै डुवान परेका नागरिकहरुलाई कम्तिमा एक महिनाको तलब दिएर रक्षा गर सांसद ज्यु, बिपतबाट बाँचेकाहरुले आउने चुनावमा तिमीलाई नै पुनः रोज्नेछन।

३० श्रावण २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको