युएईका सँस्थाहरु बाढीपिडित सहयोगका लागि जुटे


पोष्टपाटी! युएई

देशमा अविरल बर्षाका कारण बाढी, पहिरो र डुबानमा परेका पीडितहरुका लागि युएइमा रहेका विभिन्न संघ संस्थाहरु सहयोग अभियानमा जुटेका छन्। देशका नागरिकहरु आपतबिपतमा परिरहेको बेला देश भित्रहुने युवाहरु प्रत्यक्ष उद्दारमा संलग्न भैरहेका छन् भने बिदेशमा बस्ने नेपालीहरु आर्थिक संकलन अभियानमा जुटेका छन्।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएई द्वारा बाढी पिडितका लागि आर्थिक संकलन अभियान थालनी गरेको छ।सहयोगका लागि एनआरएन युएईले ७ जनाको उद्धार समिती गठन गरेको छ। बिज्ञप्ति मार्फत सबैलाई सहयोग गर्न आग्रह गरेको छ,  हेर्नुहोस एनआरएन युएईको बिज्ञप्ति:- 

युएईमा विभिन्न ४५ संस्थाहरु उद्दारका लागि सामुहिक संयन्त्र निर्माण भएको छ। युएईमा विभिन्न ४५ संस्थाहरुको सामुहिक छलफलबाट राहत उद्दारको लागी सामुहिक संयन्त्र बनाएको छ। उक्त संयन्त्रमा राहत संकलन समिती, राहत वितरण समिती र अनुगमन समिती गठन गरिएको छ। राहत संकलन समितिको संयोजकमा नेपाली समाज युएईमा निवर्तमान अध्यक्ष सिपि सापकोटा र ४५ वटै संस्थाका प्रमुखहरु सदस्य रहनेछन भने सोहि समिती अन्तरगत लेखा उपसमितिको संयोजक नानुकाजी अर्याल सदस्यहरुमा उमेश जिसी र लोकेन्द्र बहादुर बम रहेका छन ।

राहत वितरण समितिको संयोजकमा नेपाल आदिवासी जनजाति युएईका अध्यक्ष पासाङ शेर्पा, उपसंयोजक नेपाली मुस्लिम समुदाय युएईबाट नोमान सिद्दीकी रहेका छन । त्यसै गरि अनुगमन समितिको संयोजकमा नेपाली सोसल कल्ब का अध्यक्ष सालिक सुवेदी रहेको जनजाति महासंघका वर्तमान अध्यक्ष पासाङ शेर्पाले बताउनु भएको छ।

नेपाली जनप्रगतिशील मंच युएईले प्रत्यक स्टेटहरुमा अभियान्ता टिम निर्माणगरि सहयोगका लागि जुटेको छ। बाढीपिडितका आगी सहयोग गर्न सबैलाई अनुरोध गरेको छ। हेर्नुहोस बिज्ञप्ति:-

नेपाल पत्रकार महासंघ शाखा, युएईले संघका सदस्य दामोदर दाहालको संयोजकत्वमा ५ सदस्यीय राहत समिति गठन गरि आर्थिक राहत संकलन अभियान सुरु गरेको छ । यहाँबाट उठेको रकम पत्रकार महासंघ नेपालसंग समन्वय गरेर सम्बन्धित पिडित समक्ष पुर्‍याउने विश्वास दिलाउदै सहयोगको लागि सबैलाई आग्रह गरेको छ।

नेपाली जनप्रगतिशील मोर्चा युएईले पनि “विपतको यो घडीमा देश भित्र तनहरु प्रत्यक्ष उद्दारमा डटौ, बिदेशका मनहरु आर्थिक नैतिक सहयोगमा जुटौ!” भन्दै सबै एकजुट भएर सहयोग कार्यमा जुटेको छ। मोर्चाले ५ सदस्यीय अभियान्ता समिति कमल पोख्रेलको नेतृत्वमा गठन गरि उद्दार अभियानमा जुटेको छ।

३० श्रावण २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको