सुरक्षा निकायमा हस्तक्षेप हुँदैनः गृहमन्त्री शर्मा


काठमाडौ– गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् गृहमन्त्री शर्माले सिपाहीको मनोबल बढाउन सकेमात्रै मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सकिन्छ भन्ने मान्यतामा आफू दृढ रहेको पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीमाझ गृहमन्त्री शर्माले देश र जनताको आवश्यक्ता पुरा गर्नेबाहेक आफ्नो कुनै निजी स्वार्थ नरहेको दावी समेत गरे । उनले सुरक्षा निकायभित्र राजनीतिक हस्तक्षेप नहुने तर सरकार र संविधानको उद्देश्य अनुसार काम गर्न पनि राजनीतिक नेतृत्व भने गर्नैपर्ने उल्लेख गरे ।

सरुवा/बढुवाकालागि तछाडमछाड नगर्न पनि आफू मातहतका सुरक्षा निकायका अधिकारीहरुलाई सचेत गराउदै शर्माले प्रहरी संगठनभित्र आफूले विवाद हुन नदिने अठोट व्यक्त गरे ।

आन्तरिक विवाद गर्ने, एक अर्कामाथि आरोपित गर्ने सुरक्षा निकायका अधिकारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएका मन्त्री शर्माले सुरक्षा निकायमा आवश्यक सेवा र सुविधा वृद्धि गर्न आफू तयार रहेको स्पष्ट पारे । गृहमन्त्री शर्माले गृह मन्त्रालयको संरचनागत सुधारमा लागिपर्ने योजना सुनाए ।

३१ जेष्ठ २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको