द्वन्द्वकालको हिसाब खोज्न थाले पुर्वी रुकुमका मैकोटीहरु 


पोष्टपाटी, पुर्वि रुकुम- पुर्वी रुकुम पुथाउत्तरगंगा गाउँपालीका मैकोटका जनताहरुले द्वन्दकालको पुरानो हिसाब खोज्न थालेका छन् । शान्ति प्रक्रिया शुरु भएको एक दशक पछि मैकोटका जनताहरुले आफ्नो पैसा पाउनुपर्छ भन्दै आवाज उठाएका हुन् ।

 
माओवादी द्वन्दको समयमा तत्कालिन नेकपा माओवादीका केही स्थानिय र जिल्ला स्तरका नेताहरुको पहलमा ६४ साल माओवादी पार्टीको नाममा जिल्ला पार्टीले व्यापार गरेको थियो । ब्यापारी बर्ग माथी कम दरमा सामान खरिद गरि पछि ठूलो पैमानामा फाईदा खाएका थिए भन्ने पनि सुनिन्छ । भनिन्छ, ७/८ करोड फाईदा खाएका थिए रे । त्यसमध्येबाट मैकोटलाई सो रकम दिने कबुल गरेका हुन् जो अहिले सम्म हात नपरेको हो । बरु त्यो बाँकी ठूलो रकम पार्टीले पायो कि पाएन भन्ने कुरामा गाउँलेको शंका छ ।

 

`शान्ति पछि नेताहरु कोहि मैकोट नआएकाले बिस्तृत छलफल हुन सकेको थिएन अब त चुनावमा नेताहरु पक्कै आउँलान । यहिवेला छलफल हुनुपर्छ भनेका छौँ ।´मैकोटका युवा बुद्धिजीवी भरत कुमार पुनले पोष्टपाटीसंग वताउनु भयो ।

 

२०६४ सालको यार्सागुम्बा सिजनमा कमान्ड सम्हालेका मार्सल अहिले नयाँ शक्तिको उम्मेदवार बनेका छन् । धेरै वर्षपछि चुनाव प्रचारप्रसारमा मैकोट पुगेका जितमान पुन (मार्सल)संग मैकोटी जनताको छलफल पनि भईरहेको पुनले जानकारी दिनु भयो । अब माओवादी केन्द्रका नेताहरु पनि चुनाव प्रचारमा गएको वेला पुनः छलफल गरिने योजना रहेको छ । अहिलेसम्म एकले अर्कोलाई आरोपप्रत्यारोप लगाईरहेको स्थानिय जनता बताउँछन् ।

 

`मैकोटी जनताको पैसाको हिसाबकिताब नगर्दासम्म चुनावमा भोट माग्न आउने अधिकार कुनै नेताहरुलाई छैन´ त्यसवेला एक लाख लगानी गरेका एकजना पेल्माली युवाले आक्रोश पोखे ।

२०७४ कार्तिक २७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको