काठमाडौंमा यौन ब्यापारमा मस्त एक कलेजकी युवती


काठमाडौँ। गएको मंगलबार राजधानीको बसुन्धरामा गुल्मीकी एक यूवतीलाई आफु डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे । बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ति युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनि निक्कै तनावमा थिईन ।

उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण शुरुमा स्थानीय छिमेकीले समेत एक महिला बिद्यार्थीलाई एक्कासी घर छाड्न भन्नु घरधनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे । तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ बर्षिय यूवतीको धन्दाबारे उनिहरुले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे ।

मासिक ९ हजार भाडादिनेगरि बसेकी ति यूवतीको कोठामा उनकै कक्षामा पढ्ने झण्डै दर्जन बिद्यार्थी दैनिकजसो पालैपालो सामुहिक यौनकार्यमा लाग्ने गरेको खुलेपछि ति यूवतीलाई घरधनीले कोठा छाडन उर्दि जारी गरेका हुन । यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौन व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरु सार्वजनिक हुने गरेको छन । कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेशाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ ।

पछिल्लो बसुन्धरा घटनाले नेपालमा डरलाग्दो यौनव्यवसायबारेको अर्को सनसनीपुर्ण तथ्य उजागर भएको हो । केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँगिएको अबैध यौन व्यवसाय पछिल्लो समय यसरि नाम चलेका बिद्यालय र कलेजभित्रसमेत छिरेको घटनाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रुपमा झाँगिएको अवैध यौन व्यसायको पछिल्लो बास्तविकता भने यहि हो ।

एक गैह्र सरकारी संस्थाले गरेको सर्वेक्षणमा समेत स्कुल कलेजमा पढ्ने बिद्यार्थीहरु यसरि डरलाग्दो रुपमा यौन व्यवसायमा संलग्न हुदै आएको तथ्य सार्वजनिक गरेको थियो । सो अध्ययनका आधारमा तयार भएको रिपोर्टमा स्कुल कलेज पुग्ने बिद्यार्थीहरु बिद्यालय समयमै सामुहिक यौनकार्यमा संलग्न हुने गरेको अनौठो र घृणित तथ्य समेत उल्लेख थियो । अध्ययन अनुसार स्कुल कलेज पढ्ने झण्डै १६ देखी १९ बर्ष समुहका किशोर किशोरीहरु शिक्षालय पोशाकमै यस्ता कार्यमा संलग्न हुने गरेको भेटिएको हो ।

यस्तो कार्यमा लाग्न अधिकांश बिद्यार्थीहरु राजधानीबाहिरबाट आएर भाडामा लिएर बसेको आफ्नै वा साथी संगतीको कोठा प्रयोग गरेपनि केहीले भने आफैले मासिक भाडा तिर्नेगरि गोप्य स्थानको व्यवस्था गरेको समेत देखिएको छ । यसबाहेक होटल रेष्टुरेण्ट लगायतका स्थानसँगै मानिसको कम उपस्थिती हुने खुला पार्कलाई समेत उनिहरुले यौन अखडाका रुपमा प्रयोग गदैं आएको खुलेको छ ।

यस्तो अवैध कार्यमा आकर्षित यूवायूवतीहरुले सामुहिक यौनकार्यपूर्व लागुऔसध समेत सेवन गर्ने गरेको स्वयंम बिद्यार्थीहरु स्विकार्छन ।
आफ्नो स्कुल कलेज समयमा कलेज पुग्नुको साटो सिधै यस्ता अखडाहरुमा पुग्ने र साँझ घरमा फर्कने गरेका कारण उनिहरुका अभिभावक समेत यस्तो कार्यबारे अनविज्ञ रहने गरेको उनिहरुको भनाई छ ।

केही समय पहिलेसम्म उपत्यकाको होटलहरुलाई अबैध कार्य गर्न स्थानको रुपमा प्रयोग गदैं आएका यस्ता बिद्यार्थीहरुले प्रहरीको निगरानी बढ्दै गएपछि आफैले भाडामा कोठा लिएर यस्तो कार्य गर्ने गरेको बताए । अझै अभिभावक सँगै नरहेका राजधानी बाहिरबाट आएर अध्ययन गदै गरेको बिद्यार्थी बस्ने गरेकै कोठा यस्तो कार्यका लागी पहिलो रोजाई हुने गरेको उनिहरु निर्धक्क बताउछन ।

तर यसरि रात दोगुना दिन चौगुनाका दरले झाँगिदैं आएको यस्तो अबैध कार्यका बिषयमा भने प्रहरी प्रशासन स्वंयम बिद्यार्थीका अभिभावक अनबिज्ञ छन ।

विशेष गरि अभिभावकसँगै भएका यस्ता यूवायुवतीहरु समेत यस्ता कार्यमा संलग्न हुदाँ उनिहरुका अभिभावक आआफ्नो जाँगिर वा व्यवापार व्यवसायमा व्यस्त हुने भएकाले यसबारे अभिभावकलाई पत्तो नहुने गरेको छ ।

त्यसो त भाडामा लिएर यस्तो कार्यमा संलग्न हुने वा आफ्नै कोठाभित्र सामुहिक रुपमा अबैध कार्य गर्नेबारे सुचनाको अभावमा प्रहरीले समेत यस्ता घटनाबारे जानकार भएपनि नियन्त्रण गर्न नसकेको प्रहरीकै भनाई छ ।

२८ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको