के हो अात्म बिस्वास ? र कसरी बन्ने अात्म बिस्वासी ?


पोष्टपाटी/भिम खनाल 

आत्मविश्वास एक मानशिक एबम अाध्यात्मिक शक्ति पनि हाे । जसका कारण महान एबम बैचारिक कामकाे सम्पादन सहजता तथा सफलता प्राप्त हुन सक्छ ।

कसरी बन्ने ??

एकाग्रचित: व्यक्तिकाे मनमा शंका, मस्तिस्कमा चिन्ता तथा ह्रि्दयमा डर त्रासले छताछुल्ल भरिएकाे छ भने उक्त ब्याक्ति सामान्य भन्दा सामान्य काम मा समेत अक्सर असफल भइरहन्छ। उसलाई सधै बिगत बर्तमान र भबिस्यकाे त्रासदी ले चिथाेरी रहन्छ अर्थात यदि कुनै काममा असफल हुदैमा उसले सिङ्गाे जिन्दगि नै अन्धकार मय देख्न थाल्दछ।

चिन्ता, सङ्का तथा त्रास जसका कारण मानव मन सान्त रहनै सक्दैन।  छटपटाहटले मनकाे एकाग्रता क्रमस बिथाेलिरहन्छ। यसकारण अात्मबिस्वास का लागि तपाईं काे मन मस्तिष्क र ह्रिदय बाट चिन्ता, सङ्का तथा त्रास शब्द जरै देखि उखेलेर मिल्काईदिनुस, जे हुन्छ राम्रैका लागि हुन्छ अर्थात, म सक्छु भन्ने साेचकाे बिकाश गर्नुस, अात्म बिस्वासका लागि अाफ्नाे मनबाट कुनै पनि किसिमकाे सन्देह छ भने बाग्मतिमा बगाइहाल्नुस । जसका कारण तपाईंकाे मन हरबखत एकाग्र रहन सक्छ सान्त रहन सक्छ।

आत्मविश्वास एक अद्भुत शक्ति

आत्मविश्वास एक अद्भुत शक्ति पनि हाे । जुन शक्तिका कारण मानब जगत र जिवनका यात्राहरुमा अाइलाग्ने तनाम बिपत्तिकाे डटेर सामना गर्न सकिन्छ मानव ब्रमाण्डमा अाज सम्म, जे जति चमत्कार तथा बिकाश भईरहेकाे छ । त्याे अात्म बिस्वास तथा अात्मबिस्वासि मानव समूहकाे सुनाैला उपहारहरु हुन । जुन प्रकिया मानब संसार रहे सम्म निरन्तर रहिरहन्छ ।

बच्चालाई आत्मविश्वासी बनाउनुहाेस

एउटा मानव तब मात्र खराे अात्म बिस्वासि बन्न जान्छ, जब उसले बच्चै देखि उक्त बिषयकाे अनुभव बटुल्छ । यसकारण अभिभाबकले अाफ्नाे बालबालिका लाई कहिल्यै कुनै बिषयमा दख्खल दियर हताेत्साहित बनाउनु हुदैन । अर्थात बच्चाकाे कलिलाे मस्तिस्कमा तैले याे काम गर्नु हुदैन । तलाई याे काम अाउदैन त जान्दैनस, जस्ता प्रतिक्रिया दिनुकाे सट्टा उसकाे कामलाई उत्साहित किसिमकाे प्रतिक्रिया दिनु ।

यस्ता कमजाेर प्रतिक्रिया जान्दैनस हुदैन या कमजाेर छस जस्ता टिप्पणिले बच्चाकाे मस्तिस्कमा दरिलाे डेरा जमाउन पुग्छ र अाफु जहिल्यै कमजाेर रहेकाे हिनभाबना बिकाश हुन सक्छ । जसका कारण कुण्ठित भावना बिकाश भईदिन्छ ।

पछिल्लाे समयमा ५० बर्ष अगाडिका गरिवहरु अाज पनि गरिविकै रेखा मुनि गुज्रिरहेकाे तथ्य लाई मनाेबैज्ञानिक किसिमले अध्ययन गर्दा गरिव नै रहनुकाे प्रमुख कारण हिन भावना तथा अात्म बिस्वासकाे कमि देखाएकाे छ।  अर्थात प्रयास नै नगरि म सक्दिन, म बाट हुदैन, जस्ताे मनाे भाबनाकाे बिकास हुनु नै पहिलाे कमजाेरि रहेकाे विभिन्न तथ्याङ्कहरु समेत प्रस्ट पारिरहेका छन ।

यसकारण नयाँ साेचकाे बिकास गर्नुस अात्म बिस्वासि बन्नुस र जिवनका अप्ठ्याराहरु सङ्ग भाग्ने हैन जुध्ने प्रयास गर्नुस सफलता या असफलता मानब साेच र ताैर तरिकामा डिपेन्ड रहने बिषय हाे तपाई आत्मविश्वास तथा मनाेबल सधै उचाे बनाईराख्नुहाेस । अब देखि नवीन कामकाे सुरुवात गर्नुस । धन्यबाद । ।

 

२८ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको