विमानस्थलमै यात्रुहरू किन परे अलपत्र यस्तो छ रहस्य |


बर्लिन – जर्मनीको एयर बर्लिनका २५०  चालकहरूले एकैसाथ  बिरामी परेको भन्दै  बिदा लिए पछि उक्त कम्पनीको उडान प्रभावित भएको छ।

कर्मचारीहरू बिदा बसेपछि उक्त कम्पनीका कम्तीमा १०० उडानहरू प्रभावित भएका छन् । अत्यन्तै छोटो समयको जानकारी पश्चात् चालकहरू बिदा बस्न थाले पश्चात् बर्लिनको विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् ।

विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले विमान कम्पनीको आर्थिक अवस्था कमजोर भइरहेको समयमा चालकहरू एकैसाथ बिदा बस्दा यसले थप आर्थिक समस्या थपिएको र जसका कारण विमान कम्पनीको प्रतिष्ठामा समेत गिरावट आउन सक्ने बताए ।

विमान कम्पनी घाटामा गएको र चालकहरूले पारिश्रमिक समेत नपाएका कारण चालकहरू बिना जानकारी बिदामा बसेका हुन् ।  आजको नागरिक दैनिकमा खबर छ |

२८ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको