कान्साई नेपाली सोसाइटीले ओसाकामा बिजयादशमी तथा शुभ दीपावलीको शुभकामना बाँड्दै |


पोष्टपाटि/काठमाडौं भाद्र २८ गत्ते बुधबार

नेपालीहरूको महान चाड बिजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले शुभकामना आदानप्रदान तथा दशैँ बिशेष कार्यक्रम रात्रिभोज सहितको आयोजना गर्ने भएको छ।

जपानको कान्साई क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच बडादशैको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आउदो सेप्टेम्बर २५ तारीक साँझ ६ वजे देखी ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर रिसोर्टमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

जापानमा पछिल्लो समय नेपालीहरुको संख्या बाक्लिदै गए पनि नेपालीहरुको सबैभन्दा प्रमुख तथा महत्त्व पूर्ण चाड बिजय दशमीमा कार्यक्रम खासै हुन छोडेको परिप्रेक्षलाइ मध्ये नजर गर्दै आफ्नो कला संस्कृति र चाड पर्वको जगेर्ना सहित शुद्ध मनोरंजन प्रदान गर्ने उद्देस्यले कान्साई नेपाली सोसाइटीको आयोजनामा कार्यक्रम गर्न लागिएको आयोजक मध्यका एक सुजन मैनलीले जानकारी दिनु भयो ।

ऊक्त कार्यक्रममा शुभकामना आदानप्रदानको साथ साथै बिभीन्न सांस्कृतिक कार्यक्रमको पनी आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। कार्यक्रमलाई माइदो मसला मर्टले बिशेष सहयोग गर्ने बताईएको छ। वाली टावरमा रीसोर्ट बिबिध सांस्कृतिक कार्यक्रम सहित हुने शुभकामना आदान प्रदान तथा रात्री भोज कार्यक्रममा उपस्थित हुन चाहनुहुनेहरुले आयोजकको बिवस्तालाई बुझी सेप्टेम्बर २३ तारिक सम्ममा जानकारी गराउनु हुन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको बारेमा बिस्तृत जानकारी तथा आफ्नो उपस्थितिको जानकारीको लागि निम्न व्यक्ति हरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

नरेश शाक्य 07 013693648 

सुजेन मैनली 080 3113 9303

महेश कुमार कटुवाल 09060196203

मल्कोम ताम्राकर 080 6618 4255

प्रकाश तुलाधर 080 8736 6327

समय :- २०१७/०९/२५ (साँझ ६ वजे)

स्थान :- वाली टावर रीसोर्ट, तेननोजी ओसाका (8-1 Hidenincho, Tennoji Ward, Osaka, Osaka Prefecture 543-0055)

२८ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको