नेपाली समुदायले भन्यो ‘युएईका ४ लाख नेपालीलाई उल्लु बनाउने संस्था हो एनआरएनए युएई’


पोष्टपाटी/युएई, १३ सेप्टेम्बर 

युएईमा रहेको सामाजिक संस्था नेपाली समुदाय युएईले एक बिज्ञप्ति प्रकाशित गरि एनआरएन युएईको खुलेर बिरोध गरेको छ । एनआरएन युएईको अधिबेशन नजिकै आउदै गर्दा जो जस संग सम्बन्धित छ भन्दै युएईमा रहेका श्रमिकहरुको नाम भजाएर केहि मुठ्ठी भरका राजनीतिक पार्टी र तिनका झोलेहरु आफुले आफुलाई जबर्जस्ती सुकिला मुकिला र बरिस्ठ समाजसेविको पगरी गुठ्ने इच्छा भएकाहरुको इच्छा पुरा गर्ने ठाउ एनआरएनए युएई संस्थालाई बनाएको भन्दै, दलिय प्रभावबाट मुक्त बनाउने नारा केवल भ्रामक भएको ठहर गरेको छ।

बिज्ञप्तिमा कडा सब्दमा अगाडी भनिएको छ, एनआरएनए युएईलाई राजनीति मुक्त बनाउनु पर्छ भन्दै राजनीतिक गुटबन्दी गरेर युएईका ४ लाख नेपालीहरुलाई उल्लु बनाउनेहरुबाट समय समयमा समाज सेबाको नाममा श्रमिकहरुलाई भर्याङको रुपमा उपयोग गरेको बताएको छ।

दक्षिण पुर्वि एसियाको देशहरुमा रोजगार भिषाबाट आउने नेपालिहरु हामी एनआरएन होइनौ, हामी श्रमजीबी प्रबासी नेपालिहरु मात्रै होउ भन्दै समुदायले दावी समेत गरेको छ ।

नेपाली समुदाय युएईका अध्यक्ष बिदुर राउतको हस्ताक्षर भएको विज्ञप्तिमा दक्षिण पुर्वि एसियाका देशहरुमा रोजगार भिषाबाट आउने नेपालीहरु लाई मापदण्ड बिपरित सरकारबाट गरिएको एनआरएनए सदस्य घोषणा फिर्ता गर्न जोडदार पहल गर्ने बताएको छ।

साथै युएईमा रहेको समुदायले १२ सेप्टेम्बर २०१७ बाट आफ्नो समाजिक संजाल फेसबुकमा जोडिएका एनआरएनए अभियन्ताहरु संगको सम्बन्ध समेत समाप्त भयको बताएको छ ।

२०१५ मा युएइमा स्थापना भएको नेपाली समुदाय युएईले आफ्नो सामाजिक सेवामुलक गतिबिधिहरु संचालन गर्दै आएको छ।

हेर्नुहोस बिज्ञप्ति यस्तो छ:-

जो जस सग सम्बन्धित छ !

मध्यपुर्बको अरब तिर दुई बर्ष करार अवधीको भिषा लगाएर बस्ने खाडीका नेपाली श्रमिकहरुलाई नेपाल सरकारबाट जबरजस्ती गैर आबासिय (NRNA) नेपालीको संज्ञा दिएर श्रमिकहरुको नाम भजायर केहि मुट्ठी भरका राजनीतिक पार्टीका झोलेहरुले आफुले आफुलाइ जबरर्जस्ती सुकिला मुकिला र बरिस्ठ समाजसेविको पगरी गुथने इच्छा भएकाहरुको इच्छा पुरा गर्नेठाउ मात्र हुन भन्दै दलिय प्रभाबमुक्त सस्था बनाउने जुन नारा लिएर अहिले गतिबिधिहरु भएका छन्, यो सबै भ्रमाक र प्रचार बाजी मात्र हुन् भन्ने हाम्रो ठहर रहेको छ।

अहिलेसम्मको क्रियाकलापहरु हेर्दा NRNA लाई राजनीतिक मुक्त बनाउने कि सामाजिक संस्थालाई राजनीति मुक्त बनाउनु पर्छ भन्दै राजनीतिक गुटबन्दी गरेर ४ लाख नेपालीहरुलाई उल्लु बनाउनेहरुबाट समय समयमा समाज सेबाको नाममा श्रमिकहरु लाई भर्याङको रुपमा उपयोग गर्दै गर्दा दक्षिण पुर्वि एसियाको देश हरु मा रोजगार भिषा बाट आउने नेपालि हरु हामी NRN होइनैा हामी श्रमजीबी प्रबासी नेपालिहरु मात्रै होउ भन्दै अन्त मा दक्षिण पुर्वि एसिया को देश हरु मा रोजगार भिषा बाट आउने नेपालि हरु लाई मापदण्ड बिपरित सरकार बाट गरिएको NRAN सदस्य घोषणा फिर्ता गर्न जोडदार पहल गरौं भन्दै आज मिति १२ सेप्टेम्बर २०१७ बाट हाम्रो समाजिक संजाल फेसबुक मा जोडिनु भयाका NRNA अभियन्ता मित्रहरुलाई समन्ध समाप्त भयको जानकारी गराइन्छ ।

बिदुर राउत

अध्यक्ष

नेपाली समुदाय युएई

 

२८ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको