दलाल प्रवेश लिम्बुलाइ युएईको लेवर डेस्कमा ल्याइदिन नेपाली दुवाबासद्वारा आग्रह


पोष्टपाटी!

युएइ मानव तस्करहरुको अखडा भएको कुरा पछिल्ला घटनाक्रमहरुले प्रस्ट देखाएको छ। दलालहरुको बिगबिगी भैरहेको बर्तमान सन्दर्भमा फेरी ताप्लेजुङका प्रताप लिम्बु उर्फ प्रवेश लिम्बुले बैदेशिक रोजगारमा काम लगाइदिने प्रलोभन दिएर भिजिट भिसामा नेपालीहरुलाई युएई ल्याएर अलपत्र पारेको खबर दूतावासकि श्रम सहचारी हिरा यादवले आफ्नो फेसबुक पोष्ट गर्नु भएको छ।

युएइमा रहेका प्रवेश भनिने व्यक्तिले प्रतिव्यक्ति २ लाख भन्दा बढी नेपाली रुपैया असुली गर्दै ठगि धन्दा चलाएको नेपाली दूतावास अबुधावीकि श्रम सहचारी यादवले बताउनु भएको छ।

दुतावासले सम्पर्क गर्न खोज्दा फोन काटिदिने गरेका छन्, उक्त व्यक्तिलाई लेवर डेस्क सम्म ल्याएर सहयोग गर्न समेत यादवले आग्रह गर्नु भएको छ। आमिदाबा बुद्द म्यानपावर प्राइभेट लिमिटेडको म्यानेजिंग डाइरेक्टर भएको परिचय पत्र बनाएर ठगि गरिरहेको बताईएको छ।

यी व्यक्तिको भरमा लागेर जागिर पाइने आशामा युएई भिजिट भिसामा नआइदिन दुतावासकी श्रम सहचारी हिरा यादवले सबैलाई अनुरोध समेत गर्नु भएको छ। साथै यस्ता प्रकृतिका ठगि धन्दामा सलग्न महानुभावहरुको नाम, सम्पर्क नम्बर र सूचना दूतावासमा उपलब्ध गराई दिन समेत अनुरोध गर्नु भएको छ।

स्मरणीय होस्, प्रवेश लिम्बु बिगतमा युएइमा रहेको सामाजिक संस्था नेपाली जनप्रगतिशील मोर्चा युएइमा आबद्द व्यक्ति हुन् तर उनको विविध अराजक गतिबिधिका कारण मोर्चाले २०१६ अक्टोबर २१मा नै कारबाही गरि मोर्चाबाट निष्कासन गरेको थियो। हेर्नुहोस मोर्चाको प्रेस नोट:-

२९ श्रावण २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको