मध्यपश्चिमको खबर :राजमार्गका पुल भत्किए, यात्रु बाटोमै अलपत्र


पूर्वपश्चिम राजमार्ग अन्र्तगत कोहलपुर–दाङ सडक सडकखण्डका पुलहरु ठाउँठाउँमा भत्किएका छन् । पुल भत्किँदा शनिबारदेखि हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।

शनिबार राजमार्गको गन्धौली खोलाको पुल भत्किएको थियो । पुल भत्किएपछि खोलामा बनाइएको अस्थायी बाटो पनि खोलाले बगाएको छ । त्यस्तै अगैयास्थित गावर खोलाको पुल पनि पूरै भत्किएको छ । राजमार्गका दुई मुख्य पुलहरु भाँचिएपछि अहिले पूर्वपश्चिम रागमार्ग पूरै अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख डिएसपी सुरेशकुमार काफ्लेले अहिले खोलामा डोजर लगाएर अस्थायी बाटो बनाउने प्रयास भइरहे पनि भारी वर्षाका कारण काम हुन सकेको छैन । चुरेको पहाडमा ठूलो वर्षा भइरहेका कारण खोलाहरु पनि उर्लिइरहेका छन् । उनका अनुसार अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा ठप्प छ । यात्रुहरु बाटोमै अलपत्र छन् ।

‘हामीले कुनै उपाय निकालेर यात्रुलाई गन्तव्यमा पठाउने प्रयास गरिरहेका छौँ’ डिएसपी काफ्लेले भने ‘तर, खोला उर्लिइरहेका छन्, पानीको सतह झन् झन् बढिरहेको छ अन्नपुर्ण पोष्टमा खबर छ।’

२९ श्रावण २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको