बबई नदीमा भीषण बाढी आउँदा बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका डुवानमा परेको छ । बाढीका कारण पूर्व–पश्चिम राजमार्ग लगायत सदरमुकाम नेपालगञ्ज गुलरिया जोड्ने हुलाकी सडक अवरुद्ध भएका छन् । बाढीका कारण बर्दियाको सदरमुकाम स्थित गुलरिया नगरपालिकामा रहेको जिल्ला अस्पताल समेत डुवानमा परेको छ । बाढीले गुलरियाका वालापुर, सूर्यगौडी, ईन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुर लगायतका दर्जन भन्दा बढी गाउँ डुवानमा परेपछि त्यस क्षेत्रका हजारौं स्थानीय प्रभावित बनेका छन् ।
बाढीका कारण बा¥हबर्दिया नगरपालिका पदनाहा, घोरपिट्टा, रानीपुर, धधवार, मगरागाडी, बाँसगढी नगरपालिका लगायत ठाकुरबाबा नगरपालिकाका आम्वासा, सूर्यपटुवा, भुरीगाउँ बजार, रानीपुर, नेउलापुर, वगनाह, मिर्चैया लगायतका वस्तीका हजारौं स्थानीय विस्थापित बनेका छन् ।
बाढीका कारण ठाकुरबाबा नगरपालिका–२ की ७० वर्षीया साउनी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीबाट विस्थापितहरु सुरक्षित स्थानको खोजी गर्दै विद्यालय, सामुदायिक भवन तथा सडकका किनारमा आश्रय लिइरहेका छन् । बबई नदीमा अझै पनि खतरा सतहभन्दा माथि पानी रहेकाले दिनभरि नै बाढीको खतरा रहेको जनाइएको छ ।
तीनदिनदेखि बबई नदीका तटीय क्षेत्रहरु चेपाङ्ग, तुल्सीपुर, घोराई, पदमपुर, अम्वापुर लगायतका क्षेत्रहरुमा मुसलधारे वर्षा भएपछि बबई नदीमा बाढी आएको हो । बाढीका कारण गुलरिया–नेपालगञ्ज सडक भत्किएको छ । सुरक्षाकर्मीअरुले बाढीमा फसेकालाई उद्धार गरी सुरक्षित स्थानतर्फ पु¥याइरहेका छन्। नेपाली सेनाले डुङ्गामार्फत उद्धार गरिरहेको छ, अन्नपूर्ण पोष्टमा छ।
प्रतिक्रिया दिनुहोस