काँग्रेसको वडा सचिबको दादागिरी सुरु : खानेपानीको ट्याङ्कीमा ताला, पानीको हाहाकार


गोर्खा/पोष्टपाटी – गोरखा जिल्लाको भिमसेन गाँउपालिका वडा नं १ मसेलमा नेपाली काग्रेस वडा सचिब राजकुमार अधिकारिको नेतृत्वमा खानेपानी बितरण गर्नै ट्याङ्कीमा ताला लगाएका छन्।

ताला लगाउने अन्य ब्याक्तिहरू शिब श्रेष्ठ र हिराकाजी गुभाजु रहेका छन्। यी दुबै नेपाली काग्रेस मसेलका कार्यकर्ता हुन्।

अाँघिखोला माझाथोक खानेपानी परियोजनाबाट बितरण उक्त खानेपानी खागिथोकमा रहेको ४२ हजार लिटर सप्लारयर ट्याङ्कीमा गए राती उक्त समुहले ताला लगाएका हुन्।

खानेपानीको समस्या अाएपछी उपभोक्ता भेलाले निजहरूलार्इ कानुनी कार्बाही चलाउने बँतार्इएको छ। खानेपानी समितिले अार्थिक हिनामिना गरेको भन्दै बिना नामको सुचना टाँस गरी बन्द गरार्इएको एक समाजसेवी बँताउछन्।

१० बर्ष पहिले देखि संचालनमा अाएको उक्त खानेपानी परियोजनमा मसेलमा १३२ घरपरिवारले उपभोग गर्दै अाएका छन्।

प्रकाशित मिति: ३० जेष्ठ २०७४ 

३० जेष्ठ २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको