केपी वली कार्यक्रममा आउने खुसियालीमा दमककी ८७ वर्षीया फुँयाल लगातार ३ घन्टा नाचिन्


ओलीको गृहनगर दमकमा आयोजित विजयसभामा युवायुवतीदेखि वृद्धवृद्धासम्म नाचगानमा झुम्मिएका थिए ।

ओली झापाका अन्य विजयसभामा सरिक हुँदा आफ्नै क्षेत्रमा भने ढिलो गरी आइपुगेका थिए ।

विजयसभामा दमक-५ की ८७ वर्षीया फुयाँल लगातार तीन घन्टा नाचेकी थिइन् । उनले नाच्न नरोक्न आग्रह गर्दै भनिन्, ‘म ८० र ७ वर्ष पूरा भएँ तर अझै नि दह्रो छु । हाम्रा ओलीले भत्ता बढाउँछौं भनेका छन् त्यही भएर खुसीले नाचेकी हुँ ।’

दमक-७ की ८१ वर्षीया योगमाया कटुवालले पनि हर्षले नाचेको बताइन् ।

दिउँसो ३ बजे आउने भनिए पनि ओली लगभग तीन घन्टापछि मात्र सभामा आइपुगेका थिए । उनले जनताले दिएको सर्वाधिक मतको भरपुर सदुपयोग गर्ने बताएका थिए ।

२६ मंसिर २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको