टिकापुर घटनाका मोस्ट वान्टेड चौधरी २० हजार भन्दा बढी मतले विजयी


कैलाली, मंसिर २६ – कैलाली क्षेत्र नम्बर १ मा टिकापुर घटनामा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका रेशमलाल चौधरी विजयी भएका छन । राष्ट्रिय जनता पार्टीका उम्मेदवार चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याउँदै विजयी हुनुभएको हो ।

उहाँका निकट्टम प्रतिद्धन्द्वी नेकपा एमालेकी मदन कुमारी शाहले १३ हजार ६ सय ४ मत पाउनुभयो भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत पाए ।

शाहले भन्दा चौधरीले २० हजार ९ सय ३५ मत बढी ल्याएका छन् ।

२६ मंसिर २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको