कर्मचारीलाई शौचालयमा थुन्नेले पनि चुनाव जिते


धनुषा, मंसिर २६ – प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नम्बर १ मा मातृकाप्रसाद यादव विजयी हुनुभएको छ ।

वाम गठबन्धनमातर्फबाट उम्मेदवार बनेका यादवले २६ हजार ४ सय १८ मत पाउनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २ सय ९६ मत ल्याउनुभयो । धनुषा १ मा नेपाली कांग्रेस तेश्रो भयो । आनन्दप्रसाद ढुंगानाले १५ हजार ६ सय ७९ मत पाउनुभयो ।

२०२८ सालमा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव २०३४ सालको चौथो महाधिवेशनमा मसालमा सामेल हुनु भएको थियो । माओवादी जनयुद्धका बेला उहाँले मधेश व्युरोको नेतृत्व गर्नु भएको थियो ।

२०६३ सालको अन्तरिम व्यवस्थापिका सांसदमा प्रतिनिधित्व गरेका यादव २०६४ सालको संविधानसभा चुनावमा समानुपातिकबाट सांसद हुनुभएको थियो । २०६३ सालमा वनमन्त्री र २०६५ सालमा भूमिसुधार मन्त्री भएका उहाँ वनमन्त्री भएका बेला कर्मचारीलाई शौचालयमा थुनेर चर्चामा आउनुभएको थियो ।

उहाँले ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई शौचालयमै थुन्नुभएको थियो । ललितपुरमा सञ्चालित ढुङ्गाखानीले वातावरणमा असर गरेको भन्दै खानी बन्द गर्न यादवले निर्देशन दिँदा पनि स्थानीय विकास अधिकारीले नमानेपछि आक्रोशित भएका यादवले कर्मचारीलाई शौचालयमै थुनिदिनु भएको थियो ।

उज्यालोबाट 

२६ मंसिर २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको