प्रेमको दुनियाँमा मायालुलाई पत्र


 

प्रिय `S´
निर्मल प्रेमको अविरल संझना ।

यो जमाना कलमले कापीमा लेखेर प्रेम पत्र आदानप्रदान गरिरहने जमाना होइन । हिजो प्रेम प्रेमिकाहरुले यहि चलन चलाएका थिए, जो आज नामेट भएर गएको छ नयाँ जमानामा । हिजोको जमानामा एउटा पत्रको जवाफ आउन हप्ता, महिना लाग्थ्यो । प्रेमिका कमोल हत्केलाले स्पर्श गरेर लेखिएर आएका अक्षरका बुदहरु महङ्गा थिए । उस्तै ओझ । घरीघरी ती अक्षरले भरिएका पानाहरुलाई स्पर्श गर्न मन लाग्थ्यो भन्थे ।

अचेल वजारमा कागज र प्लास्टिकका फुलहरु किन्न पाइन्छ । `भ्यालेन्टाइन डे´मा त्यही फुल दिने समय अब निकट आएसकेको जस्तो लाग्छ । हिजोको जमानामा हात भरी रक्ताम्य वनाएर आफै काडा विचको गुलाफ टिपेर प्रेमिलाई दिने चलन थियो । अचेल काडा विचको गुलाफ टिपिदैन । वजारमा वेच्न राखेको फुल किनेर दिइन्छ । आज सपना जस्तै लाग्छ । जमानाले प्रबिधीको माग गर्‍यो कि, प्रबिधिले जमाना फेरेको हो ? यहि विचमा अल्मलिएर म पनि तिमिलाई विद्युतीय माध्यमवाट तिमिलाई प्रेमपत्र लेख्न गईरहेको छु ।  आज मेरो हातमा कलम र कापी छैन । यहि सोच कि, जमानासङ्गै म पनि आधुनिक भएछु क्यारे ! अथवा प्रबिधीले मलाई आधुनिक बनायो । यहि सोच । भनिन्छ, समयनुसार चल्नुपर्छ रे । समयनुसार म चलेको हुँ वा समयले मलाई घिसार्दै आफैसङ्ग बगाउन खोजेको हो ? म यो बुझ्दैन । बुझ्छु त यहि कि, मेरो तिमिसङ्ग प्रेम बसेछ । जुनै माध्यमवाट भएपनि आज तिमिसङ्ग प्रेम प्रकट गरिरहेको छु । माध्यम जुनसुकै भएपनि प्रेममा नक्कलीपन छदैछैन ।

हिजोको जमानामा एउटा पत्रको जवाफ प्राप्त गर्न घटिमा हप्ता दिनको प्रतीक्षा हुन्थ्यो तर आजको जमाना बेग्लै छ । ईन्टरनेटको माध्यमवाट एक सेकेण्डमै दुनियाँको कुनाकानी चाहेको मान्छेलाई खवर पठाउन सकिन्छ । तर अचेल यस्तो लाग्छ, तिमी खवरहरु पठाउन ढिला गरिरहेका छौ । मलाई तिम्रो संदेशहरु पढ्न हतार छ । जब तिम्रो संदेश आउन ढिलाई हुन्छ तब टोल्हाउन पुग्छु कतै टाडा टाडा । अनि प्रश्न सोध्न मन लाग्छ, S के तिमिले मलाई भुल्यौ ?

 

केही समय अघि तिम्रा संदेश नआएकै विरहमा बिरक्तिएर एउटा एकान्त कार पार्किङमा वसेर आकाश तिर टोल्हाएर उभिएको थिएँ तब मैले आकाशमा चन्द्रमालाई देखे । चन्द्रमालाई एउटा परिवन्धमा परेको देखे । वादलले घेरेर उसका प्रकाशहरुलाई निस्तेज पारिरहेको थियो । उसको उज्यालो पृथ्वीसम्म पुग्न सकिरहेको थिएन । एकैछिनमा वादल फाट्यो र चन्द्रमाले फेरि धर्तिमा प्रकाश दिन थाल्यो । चन्द्रमाको यो बाध्यतालाई मैले बुझे ।

 

यो दुनियाँका सवै सृजनाहरु कुनै न कुनै परिवन्धमा परिरहेको सत्य अनुभुती पहिलोपटक गरेको थिएँ र तिम्रो सन्देशहरु आउन ढिलाई हुनुको कारण मैले खोजिन । लाग्यो, कुनै परिवन्धले उसको सन्देश आउन ढिलाई भएको होला । तर पुर्णिमाको जुनेली रातमा समुन्द्रको ज्वारभाटा मनमा उठिरह्यो ।

केहि दिन पहिले तिमी एउटा गजल लेखेर पठाएकी थियौ-
`डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै ।
भेट्न नपाई यो ढुक ढुकी रोकिन्छ कि कतै ।
भन्न त भन्छौ तिमी साचो माया गर्छु,

सधै शंका लाग्छ, चट्टानमा मन ठोकिन्छ कि कतै ।
पिरतिमा धनि गरीब सानो ठुलो हुन्न भन्दै
तराजुमा साचो माया जोखिन्छ कि कतै ।
सबै भन्छन संसारमा अमूल्य छ साचो माया
यहि मायाको मूल्य पनि तोकिन्छ कि कतै ।।´

मलाई गजल लेख्न आउँदैन । त्यसैले आफ्नै पाराले जवाफ लेखेको थिएँ,
`गिलासको पानी होइन माया,
समुन्द्रको पानी पोखिन्छ कहाँ ?
छैन चट्टान मनको दुनियाँमा,
अमृतको ठाउँमा, बिख फुलेको छ कहाँ ?

गरिवको छोरो हुँ,
साचो माया चिनेको छु म ।
दिलको मान्छे हुँ,
प्रेमको नाप हुँदैन भनि, जानेको छु म ।

प्रिय `S´
तिमिलाई सोध्छु, के तिमी समुन्द्रको जल कति कणहरु मिलेर वनेको छ ? भन्न सक्छौ ? राती एकपटक आकाशमा हेर र कल्पना गर, ब्राहमण्डमा रहेका सम्पुर्ण जुनताराहरुको संख्या बताउन सक्छौ ? त्यो भन्दा पनि अधिक छ प्रेमको गहिराई नाप्न । प्रेम गणितीय हिसाब भन्दा धेरै माथी छ । न त्यसको आयतन नै छ । न त्यसको तौल नै छ । जसलाई सजिलै पैसामा साटासाट गर्न सकियोस । यसमा त केवल विनिमय हुन्छ । मन र मनको विनिमय । प्रेम भावना हो । भावनाको गहिराई भन्दा अधिक गहिराई यो ब्राहमण्डमा कुनै वस्तुको गहिराई छैन ।
तिमिसङ्ग प्रेम र पूंजीको बिषयमा ढिल खोलेर वोल्न मन लागिरहेको छ । आज इतिहासका कुरा गर्न मन लागिरहेको छ, प्रेम र पूंजीको ईतिहास । प्रेम पहिलो की पुंजी ? यो ब्राहमण्ड प्रेममा अडिएको छ । अध्यात्मिक चिन्तनवाट ब्राहमण्डको उत्पतिको बिषयमा सोचियो भनेपनि अल्लाह, प्रमेश्वर र ब्रमाहले संसारलाई प्रेम गर्नुभयो र सृष्टि गर्नुभयो यो सिंगो ब्राहमाण्डको ।
बिज्ञानको पनि आफ्नै नियम छ । प्रेममा आकर्षण हुन्छ । जसमा चुम्बकीय शक्ति हुन्छ । यो पृथ्वी, यी ताराहरु आकाशको कुन धरातलमा अडिएका छन् ? कुन शक्तिले अडिएका छन् ? आश्चर्य लाग्दैन ? यो चुम्बकीय चमत्कार हो । प्रेमको चमत्कार हो । मान्छेको उत्पती भएको केही लाख बर्ष भएको होला । मान्छे उत्पती हुनुपुर्व पनि प्रेम थियो । भोलि मान्छे यो धर्तिमा रहला, नरहला तर प्रेम रहिरहनेछ । यसमा कुनै सन्देह छैन । म तिमिलाई याद नगरेको कुनै पल छैन । किन ? सधैं तिम्रै बिषयमा सोचिरहन्छु, किन ? तिम्रै वरपर चक्कर मारिरहन्छु किन ? कारण हो, प्रेम । त्यही चुम्बकीय गुणले तिमी प्रति मलाई आशक्त बनाएको छ । हेर त प्रेमको महिमा ! यो त अबिनाशी हुन्छ । अजर र अमर हुन्छ ।

मुद्राको उत्पती भएको त अहिले हो, केही सय बर्ष पहिले । हिजो थिएन, आज छ तर भोलि नहुन सक्छ । प्रेमसङ्ग यसको तुलना हुनै सक्दैन । पैसा त लोभको कुण्ड हो, जहाँ प्रेमको कुनै स्थान हुँदैन । त्यसैले त दुनियाँ जलिरहेको छ, हेर त ! लुटपाट किन हुन्छ ? चोरी डकैती किन हुन्छ ? त्यसको कारण हो पैसा । त्यसैले प्रेमको दुनियाँमा पैसाको कुरा नगरेकै बेश ।

पैसाले समाजलाई बिभाजन गरेको छ प्रिय । मानव समाज निर्माणको क्रममा विकसित भएको यो पैसाले जातको बीउ रोपेर गएको छ । मान्छेलाई धनि र गरिवको दुई सिविरमा बिभाजन गरेर गएको छ । एउटा प्रेमिले यी कृत्रिम परिस्थितिवाट माथी उठेर प्रेम गर्नुपर्छ । त्यसैले मैले कहिलै तिम्रो आर्थिक हैसियतको वारेमा सोधिन । तिम्रो जातको वारेमा सोधिन । कहिलै सोध्ने पनि छैन । किनभने मलाई थाहा छ, तिमी म जस्तै मानव जातका हौ । म जस्तै मान्छे हौ । मान्छेले मान्छेलाई प्रेम गर्नका लागि के यहि आधार काफी छैन ? आजलाई यति । फेरी अर्को पत्रमा भेट्ने वाचाका साथ विदा माग्छु ।

उहि तिमीलाई औधी माया गर्ने मान्छे, पृथीछक बुढा मगर

 

 

 

 

 

 

 

 

२०७४ आश्विन २६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको