फुट्यो नेपाली कांग्रेस, बन्यो ‘नेपाली कांग्रेस (वी.पी.) पार्टी


काठमाडौं । नेपाली कांग्रेस फुटेको छ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेता झलकनाथ वाग्लेले पार्टी फुटाएर नयाँ पार्टी खोलेका हुन् ।

‘नेपाली कांग्रेस (वी.पी.)’ पार्टी नामको नयाँ दलको कार्यबहाक अधक्क्षमा वाग्ले छन् । यसैबीच नयाँ दल ‘नेपाली कांग्रेस (वी.पी.) निर्वाचन आयोगमा दर्ता भइ सकेको स्रोतले बतायो ।दर्ता भए संगै देश ब्यापि संगठन निर्माण मा सकृय रहने बिषेस श्रोतले जानकारी दिएको छ । यो पार्टी सबभन्दा ठुलाे बैकल्पिक प्रजातान्त्रिक शक्ति बन्ने दावि गरिएकाे छ ।

पछिल्लो समय नेपाली कांग्रेस भ्रष्टाचारमा लिप्त भएको, कार्यकर्तालाई दास सम्झिएको आरोप लगाउँदै वाग्लेले पार्टी फुटाएका हुन् ।

सभापति देउवाले पार्टीको आफ्नो विचार त्यागेर माओवादीको पथमा हिँडेको, एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप वाग्लेले लगाउँदै आएका थिए ।

वाग्लेले गाउँदेखि नै पैसाले पद र पद्दी किनेको÷बेचेको, कार्यकर्ता तथा सम्पूर्ण नेपाली जनताले वैकल्पिक प्रजातान्त्रिक शक्ति खोजेको, यस्तो वी.पी. विचारमा आधारित शक्ति नहुँदा एमाले जस्तो जाली पार्टीमा जनता जान बाध्य परेकाले विकल्प दिन यो पार्टी खालेको बताए ।

पार्टीको नाम नेपाली कांग्रेस (बीपी) ,चुनाब चिन्ह करुवा र झण्डाको छेउमा भने हिमाल पहाड र तराइलाइ इंगित गर्दै नेपाली कांग्रेसको झण्डामा केहि परिबर्तन गरिएको छ  न्युज २४मा खबर छ ।

यस्तो छ बिज्ञप्ति:-

२७ भाद्र २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको