दिल निशानी मगरले थाइल्याण्ड पुगेर ‘रअ’को प्रतिनिधि संग भेटेको गम्भीर खुलासा


पोष्टपाटी/काठमाडौं, २७ भाद्र

सर्बहारा लेखनको पहिचानबाट प्रखर लेखक बनेका दिल निशानी मगर भारतीय ‘रअ’को प्रतिनिधि संग भेटवार्ता भएको गम्भीर खुलासा भएको छ । भारतीय रअ’का प्रतिनिधि तथा एसिया ब्युरो सदस्य अकबाल कुर्सिद संग तिन दिन अघि मात्र थाइल्याण्डको एक होटेलमा भेट भएको स्रोतले बताएको छ ।

गोप्य स्रोतका अनुसार दिल निशानी मगर र भारतीय रअ एजेन्ट अकवाल कुर्सिद बीच थाइल्याण्डको लत क्रबांग होटेलमा गोप्य भेटघाट भएको स्रोतले दावी गरेको छ ।

गोप्य भेटवार्तामा माओवादी केन्द्रको भविष्य बारे र चुनावी रणनीति भित्र मधेसी जनताको पहिचान बिषयमा छलफल भएको समेत उच्च स्रोतले बताएको छ ।

अहिले अन्तर्राष्ट्रिय राजनीतिमा चासोको बिषय बनेका विप्लबले हतियार उठाउने संभावना बारे र नेपाली युवाहरू संलग्न हुने वा नहुने बिषयमा पनि रअ’ले चासो देखाएको समेत स्रोतको दावी रहेको छ।

नेपालमा स्थानीय स्तरको मधेशमा चुनाव चलिरहदा माओबादीले दिल निशानिलाई थाइल्याण्डमा रअ’को प्रतिनिधि संग भेटबार्ता गर्न पठाएको हुन सक्ने अनुमान गरिएको छ । चुनावको बेलामा माओबादी केन्द्रका बर्षमान पुन लगायत अन्य नेताहरु जाँदा संका हुने भएपछी प्रचण्डको विश्वास पात्रको रुपमा दिल निशानी मगरलाई थाइल्याण्ड पठाएको हुन सक्ने उच्च स्रोतले पोष्टपाटीलाई बताएको छ ।

रअ प्रतिनिधि संग भेटेको रहस्य बारे दिल निशानी मगर संग प्रत्यक्ष जानकारी लिन खोज्दा उनले ठाडै अस्विकार गरे ।

नेपालको बदलिदो राजनीतिमा रअ’को चलखेल हुने कुरा कुनै नौलो भने होइन तर मधेशको स्थानीय चुनाव हुदै गर्दा दिल निशानी प्रचण्डको बिश्वास पात्रको रुपमा थाइल्याण्ड पुग्नु रहस्यमय भएको बुझिन्छ ।

नेपालमा मधेशको राजनीतिलाई भारतले बिशेष महत्वका साथ् नजिकबाट हेर्ने गरेको छ । भारतले मधेशकै चुनावको बेला प्रचण्डको दुतको रुपमा दिल निशानी संग आफ्नो एजेन्ट रअ’ मार्फत भेट गर्नुले आगामी मधेशको राजनीति र चुनावलाई भारतले चाहे अनुसार प्रभाव पार्ने बुझिन्छ ।

थाल्याण्डबाट गोप्य स्रोतबाट प्राप्त दिल निशानिको फोटो

युएई रोजगारको बेला श्रमजीवी बर्गका पक्षमा निकै आक्रामक कलम चलाउने दिल निशानी मगर एकाएक प्रचण्डको बिश्वासको पात्र बनेका थिए । यसका पछाडी माओवादी केन्द्रको जासुरीका रुपमा दिल निशानिलाई अन्तर्राष्ट्रिय माफियाहरु सँग लबिङ गर्ने आन्तरिक जिम्मेवारी दिएको पनि बुझिन्छ । यस अर्थमा पनि दिल निशानी प्रचण्डको पक्षमा खुलेरै लागेको देखिन्छ ।

भर्खरै केहि महिना अघि दिल निशानी मगर युएई भ्रमणमा पनि रहेका थिए, भलै उनको भ्रमण व्यक्तिगत ब्यबसायीक भनिएता पनि माओवादी आन्तरिक राजनीति बिषयमा नै युएई पुगेको अनुमान लगाउन सकिन्छ।

उहिले प्रचण्डलाई घोर नव संसोधनवादको मतियार देख्ने दिल निशानिले अहिले देशको राजनीति नै प्रचण्डको वरीपरी घुमिरहेको देख्छन, उनलाई लाग्छ प्रचण्ड बिनाको नेपाली राजनीति चल्नै छोड्छ । यति मात्र होइन प्रचन्डलाई नोबेल पुरुस्कार पाउने नेताको रुपमा दाबि समेत गरेका छन् ।

युएई रोजगारको शिलशिलामा उदाएको उनको क्रान्तिकारी कलमलाई कुनै बेला विप्लबको क्रान्तिकारी बैचारिक धारमा उभ्याइने गरिन्थ्यो । जति बेला उनको क्रान्तिकारी धारको बैचारिक लेखनले प्रखर बामपन्थी लेखकको पक्षमा प्रस्ट उभ्याएको थियो ।

तर एकाएक डाइभर्ट भएको उनको बैचारिक धार अन्तत प्रचण्डको संसदीय धारमा उभियो र उनि प्रचण्डका विश्वासिला पात्र बनेर अन्तर्राष्ट्रिय माफियाहरु संग लबिङ गर्ने हैसियत सम्म पाए ।

उनि युएईबाट नेपाल फिर्ता हुनु र एकाएक लेखनमा परिवर्तन आउनु धेरैले संकाको घेराबाट हेरि रहेका छन् । त्यसैपनि नेपाली राजनीतिक संयन्त्र भारतीय एजेन्ट रअ’को कब्जामा रहेको प्रस्टै देखिन्छ । त्यसैगरि देशका सचेत सर्कलका लेखकहरु बिदेशी माफिया एजेन्टको शिकार भएको पनि प्रस्टै छ ।

किनकि देशको वैचारिक गुदी यिनै लेखकहरुको कलमबाट धाराप्रवाह हुने भएको हुँदा अन्तर्राष्ट्रिय माफिया तथा रअ’हरुले यिनैलाई आफ्नो नियन्त्रणमा राखेर देशको आन्तरिक बैचारिक स्वामित्वलाई कब्जा जनाउन सजिलो हुने उनीहरुको रणनीति नै हो । त्यसकारण देशका राजनीतिक ब्यक्ति पछी दोश्रो नम्बरमा यिनै बुद्दिजिबि सर्कलका लेखकहरुलाई आफ्नो नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय माफियाहरु आन्तरिक भेटघाट गर्ने गरेको सत्य हो।

त्यसरि नै जनमानसमा बैचारिक धारा प्रवाह बन्ने लेखकहरु नेपाली राजनीतिका घुप्तचरको रुपमा उपयोग भैरहेका छन् ।

२७ भाद्र २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको