शान, आत्मसम्मान, स्वाभिमान र पहिचान बोकेको आदिवासी दिवस (फोटो फिचरहरु)


पोष्टपाटी/ केबी गुरुङ

“आदिवासी जनजातिको शान ! आत्मसम्मान, स्वाभिमान र पहिचान” नारा संगै नेपाल आदिवासी जनजाति महांसघ युएई’ ले २३औं अन्तराष्ट्रिय आदिवासी दिवस २०१७ युएइमा भब्य सम्पन्न गरेको छ।

जनजाति महांसघ युएईको मुख्य आयोजनामा रहेको महोत्सब ११ ओटा जातीय संघसंस्थाहरु सह-आयोजक रहेका थिए।

अगष्ट ११ तारिख सुक्रबारको दिन युएईको डेइरा दुबई स्थित कार्ल्टन होटलमा दिउसो करिब ३:०० बजेदेखि कार्यक्रम सुरु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका प्रतिनिधि तृतीय सचिव केशवराज पौडेल रहनु भएको थियो भने विशेष अतिथि तथा प्रमुख बक्ताको रुपमा आदिवासी जनजाती अभियन्ता, संस्कृतिविद तथा प्राध्यापक डा. कृष्ण भट्टचन रहनु भएको थियो।

.

अन्य विशेष अतिथिहरुमा आशा यज फोर फाउन्डेसनबाट कर्मा लामा, नेपाल आदिवासी जनजाति महासंघका भू.पू. संस्थापक अध्यक्ष राम प्रसाद गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका भू.पू. अध्यक्ष भुवन गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका भू.पू. अध्यक्ष गिरमान थापा, नेपाल आदिवासी जनजाति महासंघका भू.पू. कावा अध्यक्ष पी यस लिम्बु रहनु भएको थियो। अतिथिहरुमा युएई स्थित विभिन्न संघ संस्था र भातृसंगठनका प्रतिनिधिहरुको रहेको थियो।

कार्यक्रम संचालन सुत्रमनी दुमी राइ

कार्यक्रमका सभापति अध्यक्ष डेरराज गुरुङ रहनु भएको थियो भने कार्यक्रमको संचालन सुत्रमनी दुमी राइले गर्नु भएको थियो।

महोत्सव नेपाली राष्ट्रिय धुनबाट सुरुगरिएको थियो। महोत्सवमा जनजाती महासंघ अन्तर्गतका १० वटा जातिहरुले आफ्नो भेषभूषा, संस्कार संस्कृति झल्काउने स्टलहरु सजाइएको थियो। आ-आफ्नो जातिको पहिचान झल्किने पहिरन र स्टल सहित मंचमा प्रदर्शन कार्यक्रम पनि भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य अतिथि र दर्शकहरुलाई महोत्सव स्थलमा राखिएको स्टलहरुको स्थलगत निरीक्षण तथा अवलोकन गराइएको थियो।

स्टल अबलोकन फोटोहरु:-

तमु समाज युएईको स्टल

तामाङ समाज युएईको स्टल

नेपाल मगर संघ शाखा युएईको स्टल

किरात राई यायोक्खा शाखा युएईको स्टल

किरात याक्थुङ चुम्लुङ युएईको स्टल

नेवा: पुच: युएईको स्टल

शेर्पा किदुग, युएईको स्टल

प्रबासी थारु समाज युएईको स्टल

प्रबासी भुजेल समाज सेवा समिति युएईको स्टल

सुनुवार सेवा समाज युएईको स्टल

कार्यक्रमको रुटिंग अनुसार स्टल अबलोकन पछी कार्यक्रमका प्रमुख बक्ता डा. कृष्ण भट्टचन द्वारा अन्तर्राष्ट्रिय आदिबासी जनजातीहरुको दिवशको औचित्य, जातीय आन्दोलनको इतिहास र अधिकार, साथै वर्तमान जातीय आन्दोलनको अबस्था, राज्य र राजनीतिक पार्टीहरुले जातीय आन्दोलनलाइ बुझ्ने, हेर्ने र प्रयोग गर्ने दृष्टिकोणबारे चर्चा-परिचर्चा गर्नुभएको थियो।

प्रमुख बक्ता डा. कृष्ण भट्टचन

देशको ठुलादलको रुपमा स्थापित पार्टीहरु नेपाली कांग्रेस, एमाले र माओबादीले जनजातिहरुको उत्थानको मुद्दा उठाएर सत्ता उपभोग मात्रै गरेको तर जनजातिलाई पुर्ण अधिकारबाट बन्चित गराएको आरोप लगाउनु भएको थियो। राज्यको मुख्य नेतृत्वमा अहिले सम्म बाहुनबादले मात्र राजगर्दै आएको तर जनजाति अनुहारलाई राज्यको प्रमुख नेतृत्व दिन नसकेको आरोप पनि लगाउनु भयो।

जनजातिका मुख्य नेतृत्वहरु पनि दोश्रो दर्जाको नेतृत्व पाए पछी मुद्दाहरुबाट डाइभर्ट भएर आन्दोलनको मुल धारलाई अस्थिरता निम्त्याउने हर्कत गरेको गुनासो पोख्दै जनजातिका मन्त्रि तथा सभासदहरुमाथि औला उठाउनु भएको थियो।

नेपाल आदिबासी जनजाति महाशंघ युएइका निबर्तमान र वर्तमान अध्यक्षहरु

युएइमा रहेर जनजाती आन्दोलनलाइ भरपुर टेवा पुर्याउने ११ जातीय संघसंस्थाहरुबाट मनोनित प्रत्यक संस्थाका एकजनालाई कार्यक्रममा अतिथिहरुबाट सम्मान गरिएको थियो।

कार्यक्रमको आर्को चरणमा सांस्कृतिक प्रस्तुति रहेको थियो, जसको संचालन बिजया लक्ष्मी राइ र सनिल घिसिंग द्वारा गरिएको थियो। सांस्कृतिक कार्यक्रममा आफ्नो मौलिक संस्कृति झल्किने गरि विभिन्न जातिहरु द्वारा नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमको बिचमा महासंघ युएईको छैटौं अधिवेशनबाट निर्बाचित नेपाल आदिवासी जनजाति महासंघ युएईका नयाँ कार्यसमिति घोषणा हुनुको साथै सपथ ग्रहण कार्यक्रम समेत गरिएको थियो।

आयोजकले महोत्सवमा राखिएका स्टल प्रदशनी पस्यात उपस्थित सबैलाई मन परेको एउटा स्टल रोज्ने ब्यबस्था मिलाएको थियो, त्यस अन्तर्गत सबै भन्दा धेरै रुचाइएको स्टल तामाङ समाज युएइको स्टललाई कप सहित ५०० दिराम पुरस्कार प्रदान गरिएको थियो। “एक वर्षमा खानेभए धान रोप्नुस, दशसाल पछी खानेभए स्याउ, सुन्तला रोप्नुस, आजिबन खाने भए शिक्षा रोप्नुस” भन्ने मुलमर्मलाइ आत्मसात गरेर तामाङ समाज युएईले विभिन्न सामाजिक कार्य अन्तर्गत तामाङबासीहरुको शैक्षिक ब्यबस्थापनका लागि अभियान पनि चलाएको छ।

२८ श्रावण २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको