प्रधानमन्त्री देउवालाई प्रचण्डले भने ‘अब नयाँ सरकार निर्माणमा सहयोग गर्नुस’ -(बिज्ञप्ति)


पोष्टपाटी/२५ मंसिर २०७४ 

प्रदेश र प्रतिनिधिसभाको पहिलो चुनावमा चितवन क्षेत्र नं. ३ बाट बिजयी भएका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस बक्तब्य जारिगरि निर्बाचनमा भागलिने सम्पूर्ण नागरिकलाई धन्यवाद दिएका छन् । बाम गठबन्धनको बिजय सँगै देशमा अब राजनीतिक स्थायीत्व र आर्थिक सम्बृद्दिको नयाँ युगशुरु भएको बताएका छन् ।

यो चुनावबाट एतिहासिक परिणाम भएको भन्दै यसका लागि अथक रुपमा क्रियाशील रहेका नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) का नेता कार्यकर्तालाई बधाई र धन्यवाद दिएका छन् ।

अहिलेको विजयलाई परीक्षा र जिम्मेवारीका रुपमा लिन बामपन्थी नेता, कार्यकर्ता र आम जनतालाई आग्रह गर्दै निर्बाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि धन्यवाद ज्ञापन गरेका छन् र अब संबिधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोग गर्न वर्तमान सरकारबाट अपेक्षा समेत व्यक्त गरेका छन् ।

हेर्नुहोसो प्रचण्डद्वारा जारी प्रेस विज्ञप्ति

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिङ्गो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनलाई ऐतिहासिक अनुमोदनका लागि म देशभित्र र बाहिर रहनुभएका सबै आमाबुवा, दिदीबहिनी दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । वाम गठबन्धनको विजयसँगै देशमा अब राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिको नयाँ युग सुरु भएको छ । यो ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुुहुन्छ ।

अहिलेको विजयलाई हाम्रो परीक्षा र जिम्मेवारीका रुपमा लिन र संयमपूर्वक राष्ट्रिय सम्बृद्धिका लागि थप क्रियाशील हुन म सबै वामपन्थी नेता, कार्यकर्ता र आम जनतालाई हार्दिक आग्रह गर्दछु । म निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि धन्यवाद ज्ञापन गर्दछु । अब सरकारबाट संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु । म माथि विश्वास गर्ने चितवन क्षेत्र नं. ३ का सबै मतदाताप्रति म अत्यन्त आभारी छु । आउँदा दिनमा बिना भेदभाव सिङ्गो चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक सम्बृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक सम्बृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहोर्याउँछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष नेकपा (माओवादी केन्द्र)

२०७४, मंसिर २५

२५ मंसिर २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको