मंसिर २५, २०७४-
युरोपेली च्याम्पियन्स लिगको राउण्ड अफ १६ को खेलमा युरोपका चर्चित टोली आमने सामने हुने भएका छन्। स्पेनको फुटवल महारथी बार्सिलोनाले इंग्लिस प्रिमियर लिग विजेता चेल्सीसँग खेल्ने भएको छ । सोमबार युइएफएको मुख्यालयमा आयोजित ड्र अनुसार बार्सिलोना र चेल्सीको फुटवल भीडन्त तय भएको हो ।
यस्तै स्पेनिस लिग विजेता रियल म्याड्रिड र फ्रान्सेली टाेली पेरिस सेन्ट जर्मेन भिड्ने भएका छन् । इटालियन लिग विजेता युभेन्ट्स र इंग्लिस टोली टोटेनहम हट्स्पर आमनेसामने हुनेछन् । जर्मन लिग च्याम्पियन बायर्न म्युनिखले बेसिक्टासको चुनौती सामना गर्नेछ ।
अन्य खेलमा म्यानचेस्टर सिटीले एफसी बेसलसँग खेल्नेछ भने लिभरपुलले एफसी पोर्टोको सामना गर्दैछ । म्यानचेस्टर युनाइटेडले सेभियाको सामना गर्दा शाख्तार डोनेस्कले एएस रोमासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस