ईटाली, २५ भदौ | जनमत संग्रहविरुद्ध भोट हाल्ने १ करोड ९४ लाखसँग शारिरिक सम्बन्ध स्थापित गर्ने बाचा गरेकी इटालीकी एक मोडलले पहिलो ४ सय जनासँग नै थाकिसकेको बताएकी छिन् ।
यद्यपी उनले यो बाचा कम्तीमा पनि १० लाख मानिससँग पूरा गर्ने अर्को प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
मोडेल पाओलाले यो अचम्मको घोषणा इटालीका पूर्व प्रधानमन्त्री मातिवो रेन्जीको संवैधानिक सुधारको अवधारणापश्चात् राखेकी हुन् । उनी प्रधानमन्त्री विरुद्ध उत्रिएकी थिइन् ।
२७ बर्षकी पाओला साउलिनोले आफूलाई ‘बचनका पक्का’ भएकी महिलाको रुपमा प्रस्तुत गर्ने कुरामा प्रतिबद्ध भएको देखिन्छिन् ।
इटालीको जनमत संग्रहविरुद्ध भोट गर्ने सबैलाई धन्यवाद दिन उनले ‘पोम्पा टुर’ नामक यात्रा नै तय गरिन् ।
उनले यसको पहिलो लेग पार गरेको बताएकी छिन् । इटालीमा पोम्पाको अर्थ पम्प हुन्छ । यो शब्दलाई उनले यौन सम्बन्धसँग जोडेकी छिन् ।
प्रतिक्रिया दिनुहोस