नेपाल आइडल टप-४,५ का कलाकार द्वय भर्सटाइल गायक सागर आले र सुजता पान्डे युएइमा आउदै ।


पोष्टपाटी, युएई । नेपाल मगर संघ शाखा युएइको आयोजनामा एपि वान टेलिभिजन द्वारा सञ्चालित अन्तर्राष्ट्रिय जगतमै सर्बाधिक लोक प्रिय कार्यक्रम नेपाल आइडलका टप ४ र ५ प्रतिस्पर्धी नेपालिहरुकै ढुकढुकिमा बस्न र सबै नेपालिको मन जित्न सफल कलाकार भर्सटाइल गायकको रुपमा चिनिने सागर आले मगर र सुरिलो स्वरकी धनी बाबाकी प्यारी छोरी सुजता पाण्डेय यहि २४ नोभेम्बर २०१७ शुक्रबारको दिन युएइको राजधानी अबुधाबि स्थित अबुधाबी फोक्लर थ्रीएटर हल अबुधाबी युएइमा नेमसं शाखा युएइको “९ औं महाधिवेशन घोषणा सभा एबम सागर आले मगर र सुजता पान्डे बृहत साँस्कृतिक साँझ-२०१७” का लागि युएइ आउने भएका छन ।

यसै शुभ अबसरमा युएइलाई कर्म थलो बनाएर विभिन्न प्रान्तमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली गित संगित प्रेमी आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरु, बुद्धिजीवी, पत्रकार, विभिन्न पेशाकर्मी, राजनीतिकर्मी, लगायत विभिन्न संघ संस्थाका बौद्धिक ब्यक्तित्वज्युहरुलाई यस कार्यक्रम भब्यताका साथ सफल पार्नको लागि नेपाल मगर संघ, युएई साखाले सवैमा अनुरोध गरेको छ ।

२०७४ आश्विन २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको