सभामुख ओनसरीज्यु रोल्पामा काङ्ग्रेस एमालेले जितेको गाउँसभा उद्घाटन गर्न किन आउनु भएन ?


पोष्टपाटी/रोल्पा, २५ भाद्र 

सम्मानिय सभामुखज्यु र ३ वटा गाउँपालिकाका नवनिर्वाचित जन प्रतिनिधिसँग मेराे जिज्ञासा…..

सम्मानिय सभामुख अाेनसरि घर्तीमगर राेल्पाका विभिन्न गाउँपालिकाका गाउँसभाका लागि यतिबेला राेल्पामा हुनुहुन्छ । राेल्पाकाे १ मात्र नगरपालिका राेल्पा न.पा.काे सभा यसअघि नै सभामुखज्युकै प्रमुख अातिथ्यतामा सम्पन्न भईसकेकाे छ जहाँ माअाेवादिबाटै निर्वाचित जन प्रतिनिधि हुनुहुन्छ ।

त्यसपछि त्रिवेणि र रुन्टिगढि गाउँ सभा सम्पन्न भए जहाँ सभामुख ज्युकाे उपस्थिति देखिएन त्यहा एमालेले जितेकाे छ। अब लगातार अाजदेखि माडि, सुकिदह, दुईखाेलि, सुवर्णावति र सुनछहरि गाउँपालिकाकाे सभा हुने र त्यसमा सभामुखज्युले उद्घाटन गर्ने कार्यसुचि रहेकाे मिडियाबाट जानकारी प्राप्त भयाे।

रोल्पाबाट इश्वरी जीएमको जिज्ञासा

जहाँ नेकपा माअाेवादि केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । लुङ्री गाउँपालिकाकाे सभा भयाे या बाँकी छ तर सभामुख सहभागी हुने कार्यसुचिमा त्याे गाउँपालिकाकाे कार्यक्रम समावेश पाईएन त्यहाँ नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ भनेपछि मलाई यसमा जिज्ञासा के लाग्याे भने ।

काङ्ग्रेस, एमालेले जितेको राेल्पाका ३ गाउँपालिका लुङ्री, रुन्टिगढि र त्रिवेणी गाउँपालिकामा सभामुखज्युलाई खबर नगरिएको हाे कि उहाँले ती गाउँसभामा अाउन समय नदिनुभएकाे हाे।

माअाेवादिले जितेका नगर तथा गाउँपालिकाका सभा मात्र उद्घाटन गर्न सम्मानिय सभामुख अाएकाले जिज्ञासा लाग्याे।सभामुख सबैकाे साझा व्यक्ति भएकाले काङ्ग्रेस, एमालेले जितेका गाउँपालिकामा पनि बाेलाएकाे भएपनि के बिग्रदाेहाे र ?

याे मेराे व्यक्तिगत जिज्ञासा हाे कुनै अाग्रह पुर्वाग्रह ढंगले हाेईन । पायक पर्ने जतिले सभामुखज्यु र ३ वटा गाउँपालिकाका जनप्रतिनिधिलाई जिज्ञासा सुनाईदिनुहाेला।

इश्वरी जीएम रोल्पा (फेसबुकबाट) 

२५ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको